News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले होर्मुज जलघाँटी नियन्त्रण गरे विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित हुने चेतावनी दिनुभएको छ।
- रुबियोले कुनै पनि राष्ट्रलाई अन्तर्राष्ट्रिय जलमार्गमा अवरोध सिर्जना गर्ने र जहाजमाथि आक्रमण गर्ने अधिकार नभएको स्पष्ट पार्नुभयो।
- अमेरिकी सेन्ट्रल कमान्डले होर्मुज जलघाँटीमा इरानको क्षमता कमजोर बनाउन निरन्तर सैन्य आक्रमण जारी राखेको छ।
६ साउन मनिला, (रासस/एएफपी)। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले होर्मुज जलघाँटीमाथि इरानले नियन्त्रण कायम गर्न पाए त्यसले विश्वव्यापी समुद्री यातायातका लागि खतरनाक नजिर स्थापित गर्ने चेतावनी दिएका छन् ।
उनले यस्तो अवस्था सिर्जना भए त्यसको प्रभाव मध्यपूर्वमा मात्र सीमित नरही विश्वका अन्य रणनीतिक समुद्री मार्गमा पनि पर्ने बताए ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्घ (आसियान) का विदेशमन्त्रीहरूको मनिलामा जारी बैठकका क्रममा सम्बोधन गर्दै रुबियोले कुनै पनि राष्ट्रले अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने, शुल्क असुल्ने र अस्वीकार गर्ने जहाजमाथि आक्रमण गर्ने अधिकार नपाउने स्पष्ट पारे।
उजका अनुसार त्यस्तो अभ्यास स्वीकार गरिए अन्तर्राष्ट्रिय समुद्री कानून र स्वतन्त्र जलयात्राको आधारभूत सिद्धान्त कमजोर हुनेछ ।
उनले इरानले होर्मुज जलघाँटी हुँदै हुने आवागमन नियन्त्रण गर्ने अधिकार दाबी गरिरहेको भए पनि विद्यमान कुनै पनि अन्तर्राष्ट्रिय कानूनी व्यवस्थाले त्यसलाई मान्यता नदिएको बताए ।
जलयात्राको स्वतन्त्रता अन्तर्राष्ट्रिय व्यवस्थाको आधारभूत सिद्धान्त भएकाले त्यसमा सम्झौता गर्न नसकिने उनको भनाइ थियो ।
रुबियोको अभिव्यक्ति अमेरिकी सेन्ट्रल कमान्डले इरानको सैन्य पूर्वाधारमाथि लगातार एघारौँ रातसम्म आक्रमण जारी राखेको जानकारी सार्वजनिक गरेलगत्तै आएको हो ।
अमेरिकी सेनाका अनुसार ती आक्रमणको उद्देश्य होर्मुज जलघाँटीमा व्यापारिक जहाजलाई जोखिममा पार्ने इरानको क्षमता कमजोर बनाउनु हो ।
उनको टिप्पणी दक्षिण चीन सागरमा चीन र आसियानका केही सदस्य राष्ट्रबीच जारी समुद्री विवादको सन्दर्भमा पनि अर्थपूर्ण मानिएको छ ।
मनिलामा रुबियोको आगमनअघि नै फिलिपिन्स र चीनका जहाजबीच विवादित जलक्षेत्रमा भएको पछिल्लो झडपप्रति अमेरिकाले आलोचना जनाएको थियो ।
रुबियोले बुधबार आसियान बैठककै अवसरमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनले भारत, अस्ट्रेलिया र जापानसहित क्वाड समूहका साझेदार राष्ट्रका प्रतिनिधिसँग पनि छुट्टाछुट्टै छलफल गर्ने कार्यक्रम तय भएको छ ।
यसैबीच, अमेरिकी विदेशमन्त्री रुबियोले संयुक्त राज्य अमेरिका इरानसँग कूटनीतिक संवादका लागि अझै खुला रहेको बताएका छन् ।
तर तेहरानले वार्तालाई गम्भीर रूपमा नलिएको आरोप लगाउँदै उहाँले इरान इमानदार रूपमा वार्तामा आए अमेरिका पनि सकारात्मक र रचनात्मक छलफलका लागि तयार रहने उल्लेख गरे।
उनले इरान वार्ताप्रति गम्भीर नभए अमेरिका र उसका सहयोगी राष्ट्रहरूको हित संरक्षणका लागि आवश्यक सबै कदम चालिने चेतावनी पनि दिए।
प्रतिक्रिया 4