+
+
Shares

शिक्षामन्त्री पोखरेल विरुद्ध त्रिविमा विद्यार्थीको प्रदर्शन

बिहीबार त्रिविको ६७ औँ वार्षिक दिवसको अवसरमा त्रिवि पुगेका मन्त्री पोखरेल विरुद्ध स्वतन्त्र विद्यार्थी  युनियन (स्ववियु)का विद्यार्थीले नाराबाजी समेत गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १२:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिक दिवसमा सहभागी हुन पुगेका शिक्षामन्त्री सस्मित पोखरेलविरुद्ध विद्यार्थीहरूले नाराबाजी गरेका छन् ।
  • स्ववियु अध्यक्ष दीपक जोशीले भने, ‘वार्षिक कार्यक्रममा जान विद्यार्थीलाई रोक लगाएर पक्राउ गरिएको छ ।’
  • सिनेट बैठक आह्वानको माग गर्दै मन्त्रीलाई भेट्न खोज्दा स्ववियु सचिव हिक्मत बुढासहितका विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

७ असार, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल विरुद्ध त्रिविका विद्यार्थीले प्रदर्शन गरेका छन् । बिहीबार त्रिविको ६७ औँ वार्षिक दिवसको अवसरमा त्रिवि पुगेका मन्त्री पोखरेल विरुद्ध स्वतन्त्र विद्यार्थी  युनियन (स्ववियु)का विद्यार्थीले नाराबाजी समेत गरेका छन् ।

‘वार्षिक कार्यक्रममा जान विद्यार्थीलाई रोक लगाएर पक्राउ गरिएको छ । सिनेट बैठक आह्वान गर्न मन्त्रीज्यूलाई आग्रह गर्न विद्यार्थीले भेट्न खोज्नु भएको थियो,’ स्ववियु अध्यक्ष दिपक जोशीले भने ।

उनका अनुसार स्ववियु सचिव हिक्मत बुढा लगायतमा विद्यार्थी पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?