+
+
Shares

महोत्तरीमा सर्पको टोकाइबाट ८ वर्षीय बालकको मृत्यु

विजय कुमार सिंह विजय कुमार सिंह
२०८३ साउन ७ गते १३:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महोत्तरीको बर्दिबास नगरपालिका–१२ मा सर्पको टोकाइबाट आठ वर्षीय विवेक कापरको उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको छ ।
  • पीडित परिवारले उपचार खर्च बापतको ७० हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालबाट बालकको शव बुझ्न सकेका छैनन् ।
  • घटनाबारे जानकारी पाएपछि मन्त्री शारदा थापा र मेयर प्रह्लाद कुमार क्षेत्रीले अस्पताल पुगेर आवश्यक समन्वय गरिरहेका छन् ।

७ असार, महोत्तरी । महोत्तरीमा सर्पको टोकाईबाट आठ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१२ बिजलपुरा बस्ने चन्दन कापरका ८ वर्षीय छोरा विवेक कापर रहेका छन् ।

बुधबार साँझ घरछेउको अम्बाको रूखमा फल टिप्ने क्रममा विवेकलाई सर्पले टोकेको थाहा पाएपपछि परिवारले तत्काल उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पताल पुर्‍याएका थिए । उपचारकै क्रममा विवेकको बिहीबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

आर्थिक रुपमा अति विपन्न रहेका पीडित परिवारले करिब ७० हजार रुपैयाँ उपचार खर्च तिर्न नसक्दा अस्पतालबाट शवसमेत बुझ्न नसकेको मृतक बालककी आमा अमृतदेवी कापरले बताइन् ।

घटनाको जानकारीपछि मधेश सरकारका श्रम तथा यातायात मन्त्री शारदा थापा, बर्दिबास नगरपालिकाका मेयर प्रह्लाद कुमार क्षेत्रीसहितले अस्पताल पुगेर आवश्यक समन्वय गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?