News Summary
Generated by OK AI. Editorially reviewed.- काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-८ मा विद्युतीय खम्बाको तारबाट करेन्ट प्रवाह हुँदा भुम्लु-७ की देवी उप्रेतीको घटनास्थलमै मृत्यु भएको छ।
- स्थानीय बजारमा दूध पुर्याउन जाँदै गर्दा करेन्ट लागेको प्रहरीले जनाएको छ।
- घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विस्टले जानकारी दिए।
७ साउन, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ भुम्लुटारमा विद्युतीय खम्बा बाँध्ने तारमा करेन्ट प्रवाह भएपछि एक महिलाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डीएसपी रविन विस्टका अनुसार मृत्यु हुने महिला भुम्लु गाउँपालिका–७ फलाँटे निवासी देवी उप्रेती रहेका छन् ।
स्थानीय बजारमा दूध पुर्याउन सोही बाटो प्रयोग जाने क्रममा विद्युतीय खम्बा अड्याउन प्रयोग हुने तारमा करेन्ट प्रवाह भएको अवस्थामा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे प्रहरी घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4