News Summary
Generated by OK AI. Editorially reviewed.- बीमा ऐन २०७९ र धितोपत्र सम्बन्धी ऐन २०६३ को कसुरमा फरार रहेका काठमाडौंका मृगेन्द्रनाथ रिमाललाई प्रहरीले पक्राउ गरेको छ।
- केन्द्रीय अनुसन्धान ब्युरोले रिमाललाई काठमाडौं महानगरपालिका-७ सिफलबाट नियन्त्रणमा लिएर जिल्ला अदालतमा उपस्थित गराएको छ।
- सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार रिमाल दीपक भट्टसँग जोडिएको मुद्दामा फरार प्रतिवादीका रूपमा रहेका थिए।
७ साउन, काठमाडौं । बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ का मृगेन्द्रनाथ रिमाल रहेका छन् । रिमाल नेपाल माइक्राे इन्स्याेरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले रिमाललाई काठमाडौं महानगरपालिका- ७ सिफलबाट नियन्त्रणमा लिएको छ ।
रिमाललाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको ब्युरोले जनाएको छ ।
उनलाई बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा दीपक भट्टसँग जोडिएको मुद्दामा पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले जानकारी दिए ।
२८ जेठमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गर्दा उनी फरार थिए । फरार नै कायम गरी मुद्दा दायर गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4