+
+
Shares

कसैको आलोचना गरेर गन्तव्यमा पुगिंदैन : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन्।
  • उनले बीपी कोइरालाको विचारलाई २१औँ शताब्दीका युवाको भावनासँग एकाकार गरी समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्प लिनुपर्नेमा जोड दिएका छन्।
  • कांग्रेसको राजनीतिमा बालश्रम उन्मूलन र शिक्षा जस्ता सामाजिक विषय मुख्य प्राथमिकतामा हुनुपर्ने भन्दै उनले गगन थापा नेतृत्वको टोली नयाँ सोचका साथ लाग्ने बताएका छन्।

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कसैको आलोचना गरेर वा ढुङ्गा हानेर आफ्नो गन्तव्यमा पुग्न नसकिने बताएका छन् ।

बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शर्माले हरेक आलोचनाको प्रतिवादमा उत्रिँदा मूल लक्ष्य ओझेलमा पर्न सक्ने समेत उनले बताए ।

बीपीको विचार, संस्कार र उहाँको दर्शनलाई २१औँ शताब्दीका युवाको भावनासँग एकाकार गरेर समुन्नतिको गन्तव्य खोज्ने सङ्कल्प लिनुपर्नेमा जोड उनले दिए ।

‘कांग्रेसका लागि सधैं राजनीति मात्र नभई बालश्रम उन्मूलन गर्ने र हजारौँ शिक्षक उत्पादन गर्ने जस्ता दूरगामी सामाजिक विषयहरू मुख्य प्राथमिकतामा हुनुपर्नेछ,’ शर्माले भनेका छन् ।

क्रान्तिका लागि प्राण आहुति दिने योद्धाका साथसाथै सामाजिक रूपान्तरण र सुशासनका लागि योग्य शिक्षक र नयाँ सोच आवश्यक रहेको उनको भनाइ छ ।

बीपीको सिद्धान्त अनुसार अगाडि बढ्नका लागि गगन थापा नेतृत्वको सिङ्गो टिम नयाँ ढङ्ग, नयाँ सोच र नयाँ सङ्कल्पका साथ लाग्न प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?