+

भारतीय क्रिकेट टोलीका सहायक प्रशिक्षक टेन डोशकाटेले दिए राजीनामा

२०८३ साउन  १२ गते १७:२२ २०८३ साउन १२ गते १७:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक रायन टेन डोशाटेले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन् ।
  • इंग्ल्यान्डविरुद्धको शृङ्खला सकिएसँगै उनले बीसीसीआईलाई आफ्नो निर्णयबारे जानकारी गराएको क्रिकइन्फोले जनाएको छ ।
  • उनी अब पुनः इन्डियन प्रिमियर लिग टोली कोलकाता नाइट राइडर्सको प्रशिक्षक समूहमा आबद्ध हुने भएका छन् ।

१२ साउन, काठमाडौं । भारतीय पुरुष राष्ट्रिय क्रिकेट टोलीका सहायक प्रशिक्षक रायन टेन डोशकाटेले पदबाट राजीनामा दिएका छन् । इंग्ल्यान्डविरुद्धको टी–२०आई र एकदिवसीय शृङ्खला सकिएसँगै उनले जिम्मेवारी छाडेका हुन् ।

क्रिकइन्फोका अनुसार टेन डोशकाटेले इंग्ल्यान्ड भ्रमणकै क्रममा भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) लाई आफ्नो निर्णयबारे जानकारी गराएका थिए । इंग्ल्यान्ड भ्रमणमा भारतले टी–२० र एकदिवसीय दुवै शृङ्खला गुमाएको थियो ।

नेदरल्यान्ड्सका पूर्वकप्तान टेन डोशकाटे सन् २०२४ मा राहुल द्रविडको स्थानमा गौतम गम्भीर मुख्य प्रशिक्षक बनेपछि भारतीय टोलीसँग आबद्ध भएका थिए । गम्भीरकै रोजाइमा टोलीमा आएका उनले ब्याटिङ र फिल्डिङ दुवै विभागमा सहायक प्रशिक्षकको भूमिका निभाएका थिए ।

अब उनी इन्डियन प्रिमियर लिग (आईपीएल) टोली कोलकाता नाइट राइडर्स (केकेआर) को प्रशिक्षक समूहमा आबद्ध हुने क्रिकइन्फोले उल्लेख गरेको छ । केकेआरमा उनले पुनः अभिषेक नायरसँग सहकार्य गर्नेछन् । यी दुईले भारतको राष्ट्रिय टोली र त्यसअघि केकेआरमा पनि सँगै काम गरेका थिए ।

टेन डोशकाटे केकेआरसँग लामो सम्बन्ध छ । खेलाडीका रूपमा उनले सन् २०१२ र २०१४ मा केकेआरबाट दुई आईपीएल उपाधि जितेका थिए । त्यसपछि सन् २०२२ मा फिल्डिङ प्रशिक्षकका रूपमा टोलीमा फर्किएका उनी सन् २०२४ सम्म प्रशिक्षक समूहमा थिए ।

त्यस अवधिमा गौतम गम्भीर मेन्टर र चन्द्रकान्त पण्डित मुख्य प्रशिक्षक रहँदा केकेआरले एक आईपीएल उपाधि पनि जितेको थियो ।

भारतीय टोलीमा उनको कार्यकालमा भारतले सन् २०२५ को एसिया कप जित्नुका साथै सन् २०२६ को आईसीसी पुरुष टी–२० विश्वकपको उपाधि रक्षा गर्न सफल भयो ।

तर टेस्ट क्रिकेटमा भने टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन । भारतले अस्ट्रेलियामा बोर्डर–गावस्कर ट्रफी गुमायो भने घरेलु मैदानमै न्यूजिल्यान्डसँग ३–० र दक्षिण अफ्रिकासँग २–० ले टेस्ट शृङ्खला हारेको थियो।

भारतीय क्रिकेट टोली रायन टेन डोशाटे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय