+

एसियन गेम्समा सहभागि हुनेलाई सुरक्षा अभिमुखीकरण

२०८३ साउन  १२ गते २०:५८ २०८३ साउन १२ गते २०:५८

एसियाली खेलकुदमा प्रस्थान गर्नुअघि नेपालको टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूको बारेमा राम्रोसँग जानकारी गराउ सुरक्षा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको एनओसीले जनाएको छ ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक कमिटी र नेसनल ओलम्पिक एकेडेमीले एसियाली खेलकुदका सहभागीका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
  • अभिमुखीकरणमा खेलाडीको अधिकार, दुर्व्यवहार रोकथाम र सुरक्षित खेलकुद वातावरण निर्माणका लागि सरोकारवालाको सामूहिक जिम्मेवारीबारे छलफल भएको छ ।
  • एनओसीले आगामी एसियाली खेलकुदका लागि सहमहासचिव रामजीबहादुर श्रेष्ठलाई सुरक्षा अधिकारीको जिम्मेवारी तोकिएको जानकारी गराएको छ ।

१२ साउन, काठमाडौं । जापानमा आगामी सेप्टेम्बर-अक्टोबरमा हुने आइची–नागोया एसियाली खेलकुदका सहभागीहरूका लागि सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) सँगको सहकार्यमा नेसनल ओलम्पिक एकेडेमी (एनओए) ले एसियाली खेलकुदको तयारीमा रहेका खेलाडी र अफिसियलहरूका लागि मंगलबार एनओसी भवनमा सुरक्षा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको एनओसीले जनाएको छ ।

ओलम्पिक एकेडेमीका अध्यक्ष तेजबहादुर गुरुङले खेलकुदमा संलग्न सबैका लागि सुरक्षित, सम्मानजनक र समावेशी वातावरण सिर्जना गर्नुपर्ने महत्त्वमा जोड दिए ।

अभिमुखीकरणमा एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, सदस्यदय प्रतिभा जोशी र डा. प्रमिला थापाले सम्बन्धित विषयमा प्रस्तुति दिएका थिए । उनले खेलकुदमा सुरक्षाका सिद्धान्त, उत्पीडन र दुव्र्यवहारको रोकथाम, खेलाडीहरूको अधिकार र कल्याणको संरक्षण र सुरक्षित खेलकुद वातावरण प्रवर्द्धनमा खेलाडी, प्रशिक्षक, प्रबन्धक र अधिकारीहरूको सामूहिक जिम्मेवारीमाथि छलफल गरेका थिए ।

सो कार्यक्रममा एनओसीका सह महासचिव रामजीबहादुर श्रेष्ठलाई आगामी एसियाली खेलकुदको लागि नेपालको सुरक्षा अधिकारीको नियुक्त गरिएको जानकारी पनि दिईएको थियो ।

सो कार्यक्रमको पहिलो सत्रमा पौडी, ब्याडमिन्टन, धनुर्विद्या, कबड्डी र टेबल टेनिसका प्रशिक्षक, प्रबन्धक र खेलाडीहरूको उपस्थिति रहेको थियो । दोस्रो सत्रमा जुडो, तेक्वान्दो, टेबल टेनिस, भलिबल, बक्सिङ र स्क्वासका प्रतिनिधि सहभागी थिए । एनओसीका अनुसार बाँकी खेलका लागि पनि यस्तै सत्र सञ्चालन गरिनेछ ।

एनओसीले यस अभिमुखीकरण कार्यक्रमको उदेश्य एसियाली खेलकुदमा प्रस्थान गर्नुअघि नेपालको टोलीका प्रत्येक सदस्यलाई सुरक्षा नीति र अभ्यासहरूको बारेमा राम्रोसँग जानकारी गराउने रहेको जनाएको छ ।

एसियन गेम्स नेपाल ओलम्पिक कमिटी सुरक्षा अभिमुखीकरण
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय