+

लिग २ क्रिकेट : नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

२०८३ साउन  १३ गते ७:३२ २०८३ साउन १३ गते ७:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेलमा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्सको सामना गर्दै छ ।
  • युट्रेक्टमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ भने यसअघिका तीनवटै खेलमा नेपाल पराजित भएको छ ।
  • लिगको शीर्ष चारमा पर्ने सम्भावना कायम राख्न नेपाललाई आजको खेलमा जित हासिल गर्नु अनिवार्य छ ।

१३ साउन, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा भइरहेको ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले घरेलु टोली नेदरल्यान्ड्ससँग आज खेल्दै छ ।

नेपाल र नेदरल्यान्ड्सबीचको खेल दिउँसो पौने ३ बजेदेखि युट्रेक्टमा सुरु हुनेछ । शृङ्खलामा अपराजित नेदरल्यान्ड्सले भने तेस्रो खेल खेल्न लागेको हो ।

नेपालले यसअघि खेलेका तीनवटै खेलमा हार बेहोरेको छ । लगातारको हारले नेपालको लिग २ मा शीर्ष ४ मा पर्दै सिधै एकदिवसीय विश्वकप छनोट खेल्ने सम्भावना न्यून बनिसकेको छ ।

नेपाल पहिलो खेलमा नामिबियासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित हुँदा तेस्रो खेलमा नामिबियासँग फेरि पराजित भएको थियो ।

लिग २ अंकतालिकामा हाल नेपालको ३१ खेलबाट २४ अंक छ । नेपाल छैटौं स्थानमा छ । नेदरल्यान्ड्सको ३० खेलमा ३६ अंक छ र तेस्रो स्थानमा छ । नामिबियाको ३१ खेलबाट २६ अंक छ ।

नेदरल्यान्ड्सलाई हराउन नसकेमा नेपालको शीर्ष ४ सम्भावना लगभग समाप्त हुनेछ ।

नेपालको टोली : रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, विनोद भण्डारी, इशान पान्डे, भीम सार्की, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सन्दीप लामिछाने, अर्जुन कुमाल

नेपाली क्रिकेट टोली लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय