+
+
Shares
संसदीय सुनुवाइ समिति :

प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ सुरु

आजको बैठकमा उजुरीकर्तासँग छलफल सुरु गरिएको छ । यसपछि प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने कार्यसूची रहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ११:४९

१३ साउन, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको सुनुवाइ सुरु भएको छ ।

सिंहदरबारमा जारी बैठकमा सुरुमा उनीविरुद्ध उजुरी दिने उजुरीकर्तासँग छलफल गर्ने र त्यसपछि कार्कीलाई समितिसमक्ष आमन्त्रण गरी सुनुवाइ गरिने कार्यसूची रहेको छ । सोही अनुसार बैठकको सुरुमा उजुरीकर्तासँग छलफल सुरु गरिएको छ ।

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको नियुक्तिसम्बन्धी प्रक्रिया तथा नैतिक आचरण र संवैधानिक पदका लागि आवश्यक योग्यताबारे प्रश्न उठाउँदै संसदीय सुनुवाइ समितिमा उजुरी परेको छ ।

समितिले मंगलबार आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई आमन्त्रण गरी सुनुवाइ गरेको थियो । संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरुमा गुरुप्रसाद वाग्ले (ओखलढुंगा) र डा. राजीव सुब्बा (काठमाडौं)को नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।

संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि प्रमुख आयुक्त र आयुक्तलाई राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?