+
+
Shares

नेपालमा ‘स्पाइडर-म्यान ब्रान्ड न्यू डे’ को २ करोड ६८ लाखको अग्रिम टिकट बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १३:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हलिउड फिल्म ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ ले नेपालमा प्रदर्शन हुनुअघि नै २ करोड ६८ लाख रुपैयाँ बराबरको एड्भान्स टिकट बिक्री गरेको छ ।
  • एप्पल इन्टरटेनमेन्टले उक्त फिल्म देशका ५२ वटा हलबाट प्रदर्शन गर्ने तयारी गरेको छ ।
  • एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक विपश्याना श्रेष्ठले भनिन्, ‘यो फिल्मलाई लिएर हामी निकै उत्साहित थियौं, त्यहीअनुसारको एड्भान्स टिकट बिक्री भएको छ ।’

काठमाडौं । बिहीबारदेखि प्रदर्शन तयारीमा रहेको बहुप्रतीक्षित हलिउड फिल्म ‘स्पाइडरम्यान : ब्रान्ड न्यू डे’ ले नेपालमा उत्साहजनक एड्भान्स टिकट बिक्री गरेको छ ।

बुधबार मध्यान्हसम्म फिल्मले देशब्यापी २ करोड ६८ लाख रुपैयाँको टिकट बिक्री गरेको छ । आगामी आइतबारसम्म नै हलमा टम हल्यान्ड स्टारर फिल्मको उक्त मूल्य बराबरको टिकट बिक्री भैसकेको छ ।

विगतदेखि नै स्पाइडर-म्यान श्रृंखला नेपाली दर्शकमाझ प्रतीक्षित छ । पछिल्लो संस्करण ‘ब्रान्ड न्यू डे’ले कमाइमा यसअघि नेपालमा प्रदर्शनमा आएका अघिल्ला स्पाइडर-म्यान श्रृंखलालाई उछिन्ने अनुमान गरिएको छ ।

वितरण कम्पनी एप्पल इन्टरटेनमेन्टले यो फिल्मलाई देशका ५२ हलबाट रिलिज गर्दैछ । ‘यो फिल्मलाई लिएर हामी निकै उत्साहित थियौं’ एप्पल इन्टरटेनमेन्टकी कार्यकारी निर्देशक विपश्याना श्रेष्ठले भनिन्, ‘त्यहीअनुसारको एड्भान्स टिकट बिक्री भएको छ ।’

फिल्मले अन्तर्राष्ट्रिय बजारमा ४६५ मिलियन अमेरिकी डलरको ग्लोबल डेब्यू गर्न लागेको खबर डेडलाइन हलिउडले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?