+

कराते च्याम्पियन सुनिल र उदीयमान याङतेनलाई मम्स इन्टरनेसनल नेपालको सम्मान

२०८३ साउन  १३ गते १३:४४ २०८३ साउन १३ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मम्स इन्टरनेसनल नेपालले कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई विशेष कार्यक्रमका बीच सम्मान गरेको छ ।
  • ११औं दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता सुनिल लामा र उनका छोरा याङतेन लामाको खेल क्षेत्रमा पुर्‍याएको योगदानको कदर गरिएको हो ।
  • प्रमुख अतिथि सुरेन्द्र श्रेष्ठले सम्मानपत्र र खादा ओढाएर दुवै खेलाडीलाई सम्मान गर्नुभएको छ भने सुनिल लामाले आभार व्यक्त गर्नुभयो ।

१३ साउन, काठमाडौं । मम्स इन्टरनेसनल नेपालले नेपाली कराते खेलको विकास र विस्तारमा पुर्‍याएको योगदानको कदर गर्दै कीर्तिमानी कराते खेलाडी सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामालाई बुधबार विशेष कार्यक्रमबीच सम्मान गरेको छ ।

बङ्गलादेशमा सम्पन्न ११औं दक्षिण एसियाली खेलकुद (साग) तथा १३औं एसिया प्यासिफिक सितोरियो कराते च्याम्पियनसिपका स्वर्ण पदक विजेता सुनिल लामालाई अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई दिलाएको सफलताको सम्मानस्वरूप अभिनन्दन गरिएको हो ।

साथै विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका उनका छोरा याङतेन लामालाई पनि सोही कार्यक्रममा सम्मान गरिएको थियो ।

हाल अमेरिकाको न्युयोर्कमा बसोबास गर्दै आएका सुनिल लामाले त्यहाँ तथा काठमाडौंको रानीवनमा ‘च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमी’ सञ्चालन गर्दै कराते खेलको प्रवर्द्धन र नयाँ खेलाडी उत्पादनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।

कार्यक्रममा मम्स इन्टरनेसनल नेपालकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) रन्जिता लामाले नेपाली करातेका अनुभवी र उदीयमान खेलाडीलाई एउटै मञ्चमा सम्मान गर्न पाउनु संस्थाका लागि गौरवको विषय भएको बताइन् । उनले च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीले नेपालबाट अमेरिका पुग्ने खेलकर्मीलाई गर्ने स्वागत र सहयोगको पनि प्रशंसा गरिन् ।

कार्यक्रमका प्रमुख अतिथि तथा चर्चित सांगीतिक समूह ‘एक्स ब्यान्ड’का ड्रमर सुरेन्द्र श्रेष्ठले सम्मानपत्र र खादा ओढाएर दुवै खेलाडीलाई सम्मान गरेका थिए । त्यसैगरी, १३औँ सागका दोहोरो स्वर्ण पदक विजेता तथा राष्ट्रिय कराते टोलीका प्रशिक्षक मन्दे काजी श्रेष्ठ र अन्तर्राष्ट्रिय कराते खेलाडी सुमन तिमल्सिनाले पनि खादा ओढाएर बधाई दिएका थिए ।

सम्मानपछि बोल्दै सुनिल लामाले आफू र आफ्नो छोराको उपलब्धिको कदर गर्दै सम्मान गरेकोमा मम्स इन्टरनेसनल नेपाल परिवारप्रति हार्दिक आभार व्यक्त गरे ।

मम्स इन्टरनेसनल नेपाल याङतेन लामा सुनिल लामा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय