+

टी-२०आई अलराउन्डर वरियता : हार्दिक खस्किँदा दीपेन्द्र तेस्रोमा उक्लिए

२०८३ साउन  १३ गते १४:२८ २०८३ साउन १३ गते १४:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन्।
  • आईसीसीद्वारा बुधबार सार्वजनिक नयाँ वरियतामा दीपेन्द्र २५६ रेटिङ अंकसहित चौथोबाट तेस्रो स्थानमा पुगेका हुन्।
  • वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् रहँदा भारतीय खेलाडी हार्दिक पाण्ड्या तेस्रोबाट पाँचौं स्थानमा झरेका छन्।

१३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा तेस्रो स्थानमा उक्लिएका छन् ।

आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र चौथोबाट तेस्रो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक २५६ नै कायम छ ।

नेपाली पुरुष टोलीले पछिल्लो समय टी-२०आई खेलेको छैन । दीपेन्द्र भन्दा माथि रहेका हार्दिकको वरियता खस्केकाले उनी माथि उक्लिएका हुन् । हार्दिक पनि खेल भने खेलेका छैनन् ।

अलराउण्डर वरियताको शीर्ष स्थानमा जिम्बाबेका सिकन्दर राजा यथावत् छन् । उनको रेटिङ अंक ३२० छ ।

दोस्रो स्थानमा पाकिस्तानका सायम अयुब छन् । रस्टन चेज चौथोमा उक्लँदा हार्दिक तेस्रोबाट पाँचौंमा झरेका हुन् ।

अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२० अलराउन्डर वरियता दीपेन्द्रसिंह ऐरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय