+
+
Shares

सरकारलाई प्रचण्डको प्रश्न : संविधान पुनर्लेखन नै गर्न खोजिएको त होइन ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १३:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनको उद्देश्य र प्रक्रियालाई लिएर सरकारसँग प्रश्न गरेका छन्।
  • प्रचण्डले ‘यो संविधान जो हजारौंको बलिदानबाट र धेरै ठूलो त्याग र तपस्याबाट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाई पुनर्लेखन नै गर्न खोजिएको त होइन ?’ भनी प्रश्न गरे।
  • उनले सरकारको उद्देश्य संविधानलाई कमजोर पार्ने त होइन भन्ने आशंका आम जनतामा बढ्दै गएको उल्लेख गरे।

१४ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने सरकारको तयारीबारे प्रश्न गरेका छन् ।

प्रधानमन्त्री बालेन शाहका राजनीतिक सल्लाहाकार असिम साहको नेतृत्वका संविधान संशोधन बहसपत्र तयार गर्न कार्यदल बनेको थियो । उक्त कार्यदलले आफ्नो काम गरेको छ ।

यसमा रहेका अन्य दलका प्रतिनिधिहरू भने अन्तिम समयमा बारिएका थिए ।

यो पृष्ठभूमिमा पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको उद्देश्य र प्रक्रियाबारे सरकारलाई प्रश्न गरेका हुन् ।

‘यो संविधान जो हजारौंको बलिदानकबाट र धेरै ठूलो त्याग र तपस्याबट, लामो संघर्षबाट प्राप्त भएको समावेशी लोकतन्त्रसहितको संविधानलाइ पुनर्लेखन नै गर्न खोजिएको त होइन ?’ उनले प्रश्न गरे ।

अगाडि थपेका छन्, ‘या संविधानलाई कुनै न कुनै रुपमा अझ पछि कमजोर पार्ने उदेश्यबाट अगाडि बढेको त होइन भन्ने प्रश्न आम जनतामा देखा पर्दै गएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?