+
+
Shares

सिरहा झडपका घाइते एक जनालाई धरान पठाइयो

सुरेश राय सुरेश राय
२०८३ साउन १४ गते १५:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा दुई समुदायबीचको झडपपछि उत्पन्न अशान्त परिस्थितिलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले १४ साउनमा कर्फ्यू आदेश जारी गरेको छ ।
  • कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजमा आगजनी गर्दा ११ वटा मोटरसाइकल पूर्ण रूपमा नष्ट भएका छन् ।
  • प्रदर्शनका क्रममा गम्भीर घाइते भएका दुई जनामध्ये एक जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

१४ साउन, सिरहा । सिरहामा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा घाइते भएका एक जनालाई धरान पठाइएको छ ।

उनलाई सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लाने तयारी गरिएको थियो । यद्यपि होस खुलेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

सिरहामा दुई पक्षबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका थिए । सुनसरीमा भएको दुई समुदायबीचको झडपको असर अन्य जिल्लामा परेको हो ।

सिरहामा पनि स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी भइसकेको छ ।

कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको हो ।

केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए ।

आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।

लेखक
सुरेश राय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?