News Summary
Generated by OK AI. Editorially reviewed.- तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै धनुषाका सम्पूर्ण निजी शैक्षिक संस्थाले १५ साउन शुक्रबारका दिन पठनपाठन बन्द गर्ने निर्णय गरेका छन् ।
- निजी विद्यालयका छाता संगठनहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
- विद्यार्थीहरूको सुरक्षा र आवतजावतमा कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै उक्त निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।
१४ साउन, जनकपुरधाम । तनाव बढेपछि जनकपुरधामसहित धनुषा जिल्लाका सम्पूर्ण शैक्षिक संस्था शुक्रबार बन्द घोषणा गरिएको छ ।
यहाँका निजी शैक्षिक संस्थाका छाता संगठनहरूले शुक्रबार एक दिन विद्यालय तथा क्याम्पस बन्द गर्ने निर्णय गरेका छन् ।
नेशनल प्याब्सन, प्याब्सन, एन–प्याब्सन र हिसान धनुषाले संयुक्त रूपमा बिहीबार जारी गरेको विज्ञप्तिमा घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
साथै घाइते नागरिक तथा सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरिएको छ ।
विगत केही दिनदेखि विभिन्न स्थानमा सामाजिक सद्भाव खलबल्याउने गतिविधि भइरहेका तथा विभिन्न संघ–संगठनले बजार बन्दको आह्वान गरेकाले विद्यार्थीहरूको आवतजावतमा कठिनाइ हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै साउन १५ गते शुक्रबार सबै निजी विद्यालय तथा क्याम्पसमा पठनपाठन स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4