+
+
Shares

सुनसरी घटनाको विरोधमा राजविराज र बोदेबरसाईन बजार ठप्प

लोकेन्द्र यादव लोकेन्द्र यादव
२०८३ साउन १४ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्ज घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा प्रदर्शन हुँदा जनजीवन प्रभावित भएको छ।
  • प्रदर्शनकारीले बजारका पसल बन्द गराएपछि स्थानीय हाटबजार र व्यापारिक गतिविधि ठप्प भएका छन्।
  • जिल्ला प्रशासन कार्यालय सप्तरीले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न सबैमा सार्वजनिक अपिल गरेको छ।

१४ साउन, सप्तरी । सुनसरीको देवानगञ्जमा भएको घटनाको विरोधमा सप्तरीको राजविराज र बोदेबरसाईनमा  प्रदर्शन भइरहेको छ ।

प्रदर्शनकारीहरूले राजबिराजको नेता चोक, गजेन्द्र चोकलगायत विभिन्न स्थानमा प्रदर्शन गर्दै बजारका पसलहरू बन्द गराएका छन् ।

त्यसका कारण राजबिराज बजार क्षेत्रको जनजीवन प्रभावित बनेको छ । यस्तै, जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र बोदेबरसाईन बजारमा पनि प्रदर्शन गरिएको छ ।

साप्ताहिक हाटबजार लाग्ने दिन भएकाले प्रदर्शनका कारण व्यापारिक गतिविधि प्रभावित भएका छन् ।

सुनसरीको देवानगञ्जमा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि त्यसको प्रभाव मधेश प्रदेशका अन्य जिल्लामा समेत देखिन थालेको छ। त्यसैको विरोधस्वरूप सप्तरीमा पनि प्रदर्शन जारी रहेको हो ।

यसैबीच जिल्ला प्रशासन कार्यालय सप्तरीमा बसेको सर्वपक्षीय सर्वदलीय बैठकले जिल्लामा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव तथा शान्ति–सुरक्षा कायम राख्न आग्रह सार्वजनिक अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?