+
+
Shares

सुनसरीमा दुवै मृतकका परिवारलाई भेट्दै गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी झडपमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारलाई भेट्न गृहमन्त्री सुधन गुरुङ आज सुनसरी जाँदैछन् ।
  • गृहमन्त्रीसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि घटनास्थल देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्ज जाने कार्यक्रम तय भएको छ ।
  • प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच तराईका घटनाबारे छलफल भएपछि मन्त्रीद्वय त्यता जान लागेका हुन्।

१४ साउन, काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सुनसरी घटनामा ज्यान गुमाएका दुवै व्यक्तिको परिवारलाई भेट्ने भएका छन् । गृहमन्त्री गुरुङ आजै सुनसरी जाँदैछन् ।

मन्त्री गुरुङले गत साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता र सोही झडपमा घाइते भई उपचारका क्रममा आज मृत्यु भएका जयप्रकाश मेहताका परिवारसँग भेट गर्नेछन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गुरुङसँगै स्वास्थ्यमन्त्री निशा मेहता पनि सुनसरी जानेछिन् । सुनसरी मन्त्री मेहताको गृहजिल्ला हो ।

केहीबेरअघि तराईका घटनाका विषयमा प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको छ । उक्त छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीस्थित देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज जान लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?