+
+
Shares

सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेका रिट एकमुष्ट पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेका रिट निवेदनहरु एकमुष्ट रूपमा पेस गर्न(लगाउमा राख्न) आदेश दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:३०

१४ साउन, काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति जाँचबुझ आयोगविरुद्ध परेका रिट निवेदनहरु एकमुष्ट रूपमा पेस गर्न(लगाउमा राख्न) आदेश दिएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले दुईवटा फरक रिट निवेदनहरू एकसाथ पेस गर्न आदेश दिएको हो ।

सर्वोच्चले आयोगका पदाधिकारीहरूले आदेश कार्यान्वयन नगरेको भनी पेस भएको निवेदनलाई पनि साथै राख्न आदेश दिएको हो ।

सम्पत्ति जाँचबुझ आयोग विरुद्धको रिट निवेदनको म्याद गत बुधबार मात्रै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाइएको थियो ।

अब प्रधानमन्त्री कार्यालयले लिखित जवाफ पेस गर्न १५ दिनको समय पाउँछ । सर्वोच्च अदालतले त्यसपछि मुद्दाको पेशी तोक्न आदेश दिएको हो ।

सर्वोच्च अदालतका दुई फरक आदेशका कारण सम्पत्ति जाँचबुझ आयोगको काम दुई सातादेखि रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?