+
+
Shares

कप्तानगञ्ज घटनामा ज्यान गुमाउनेलाई देवानगञ्ज गाउँपालिकाले १० लाख राहत दिने

सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १७:४६

१४ साउन, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका- ३ कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाउनेको परिवारलाई पालिकाले जनही १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

बिहीबार बसेको गाउँ कार्यपालिकाको बैठकले गोली लागि निधन भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको परिवारमा समवेदना व्यक्त गर्दै १० लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको हो । आइतबार राति भएको घटनामा ओमप्रकाशको सोही दिन र जयप्रकाशको बिहीबार मृत्यु भएको थियो ।

पालिका बैठकले घटनामा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गर्न पालिकाले माग गरेको छ । दुर्घटनमा घाइते भएका व्यक्तिलाई दुई लाख तथा मध्यम र सामान्य घाइते भएका व्यक्तिलाई ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

पालिकाले देवानगञ्ज गाउँपालिका वडा नं ३ को  कार्यवाहक अध्यक्षको जिम्मेवारी ज्येष्ठ सदस्य रामबहादुर महतोलाई दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?