News Summary
Generated by OK AI. Editorially reviewed.- तराई-मधेशको सुरक्षा स्थितिलाई मध्यनजर गर्दै नेपाल प्रहरीले आफ्ना कर्मचारीका लागि अत्यावश्यक बाहेकका सबै बिदा कटौती गरेको छ ।
- प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले सुत्केरी र किरिया बिदाबाहेकका सबै बिदा बन्द गरिएको कुरा पुष्टि गर्नुभयो ।
- शान्ति सुरक्षा कायम गर्न देशभरका प्रहरी इकाईका कर्मचारीलाई स्ट्यान्डबाई अवस्थामा रहन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।
१४ साउन, काठमाडौं । नेपाल प्रहरीले आफ्ना कर्मचारीका अत्यावश्यकबाहेकका बिदा कटौती गरेको छ । तराई-मधेशका जिल्लामा देखिएको समस्यालाई हेरेर सुत्केरी र किरिया बिदाबाहेकका सबै बिदा कटौती गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक(डीआईजी) अबिनारायण काफ्लेले उक्त कुरा पुष्टि गरे । उनले कर्फ्यू लागेका चार जिल्ला र तराई–मधेशका अन्य जिल्लामा पनि शान्ति सुरक्षा कायम गर्न खटिनुपर्ने अवस्था रहेकाले बिदा कटौती गरिएको बताए ।
साथै, देशभरका इकाईका प्रहरी कर्मचारीलाई स्ट्यान्डबाई रहन निर्देशन भएको पनि डीआईजी काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4