+
+
Shares

लहानमा ड्युटीमा रहेका प्रहरी हवलदार घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते २१:५७

१४ साउन, सिरहा । सिरहाको लहानमा ड्युटीमा रहेका एकजना प्रहरी हवलदार घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, सिरहामा कार्यरत हवलदार नारद परियार घाइते भएका हुन् ।

सिरहा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव पाठकका अनुसार हवलदार परियार दिउँसोदेखि नियमित ड्युटीमा खटिएका थिए । ड्युटी सकिएपछि पोसाक फुकाल्ने क्रममा उनको दाहिने तिघ्रामा गोली लागेको जस्तो प्वाल देखिएको छ । घाउ देखिएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको छ ।.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?