+
+
Shares

घटनाको ५ दिनपछि मात्रै गृहमन्त्री पुग्नुले कमजोरी झल्काउँछ : अध्यक्ष अन्सारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १४:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीको साम्प्रदायिक तनाव र सरकारी उदासीनताप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।
  • अध्यक्ष अन्सारीले सुनसरी घटनामा प्रहरी र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइले घटनालाई रहस्यमय बनाएको उल्लेख गर्नुभएको छ ।
  • प्रधानमन्त्री शाहले घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटना दोहोरिन नदिन ठोस नीति ल्याउने आश्वासन दिनुभएको छ ।

१५ साउन, काठमाडौं । राष्ट्र निर्माण दलका अध्यक्ष समिम मियाँ अन्सारीले सुनसरीमा भएको साम्प्रदायिक तनाव र त्यसमा देखिएको सरकारी उदासीनताप्रति चिन्ता व्यक्त गरेका छन् ।

शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री बालेन शाहसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष अन्सारीले सरकारको समयमै ध्यान नपुग्दा सामान्य विवादले उग्र रूप लिएको बताए ।

अध्यक्ष अन्सारीका अनुसार सुनसरीमा डिजेको विषयलाई लिएर भएको सामान्य विवादले साम्प्रदायिक रूप लिनु र गोली चल्नेसम्मको परिस्थिति सिर्जना हुनु देशकै लागि घातक छ ।

भेटका क्रममा अन्सारीले गोली चलेको विषयमा प्रहरी प्रशासन र प्रधानमन्त्री कार्यालयको विरोधाभासपूर्ण भनाइप्रति पनि प्रश्न उठाए ।

सुरुमा प्रहरीले गोली नचलाएको दाबी गरे पनि भोलिपल्टै प्रधानमन्त्री कार्यालयबाट प्रहरीले गोली चलाएको कुरा आउनुले घटनालाई रहस्यमय बनाएको उनको तर्क छ ।

प्रधानमन्त्री शाहसँगको छलफलमा अन्सारीले मधेश हाल अन्याय र पीडामा रहेको उल्लेख गर्दै मधेसी जनताले वर्तमान सरकारप्रति राखेको आशालाई निराशामा बदल्न नहुनेमा जोड दिए ।

विगतका प्रधानमन्त्रीहरू निर्वाचित क्षेत्रमा मात्र सीमित हुने गरेको भएपनि वर्तमान प्रधानमन्त्रीलाई सिंगो मधेसले अपनत्व महशुस गरेको स्मरण गराउँदै उनले मधेशको शान्ति सुरक्षामा ठोस कदम चाल्न आग्रह गरे ।

‘एउटा व्यक्तिको झगडा साम्प्रदायिकतासम्म पुग्नु राष्ट्रका लागि नोक्सानीको कुरा हो । घटना घटेको पाँच दिनपछि मात्र गृहमन्त्री घटनास्थल पुग्नुले सरकारको कमजोरी झल्काउँछ,’ उनले भने ।

जवाफमा प्रधानमन्त्री साहले सुनसरी घटनाप्रति सरकार गम्भीर रहेको र यस्ता घटना दोहोरिन नदिन ठोस नीति ल्याउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्रीले सिंगो देश र देशबासीको हितमा सरकारले काम गर्ने प्रतिवद्धता जनाउँदै मधेशको समस्या समाधानमा सरकार चिन्तित रहेको बताएको अध्यक्ष अन्सारीले जानकारी दिए ।

‘यदि सरकार भोलिपल्टै पुगेको भए यो तनाव अन्य जिल्लामा फैलिने थिएन । कतै यो घटनालाई मुठभेड गराउने वा मधेसलाई रणभूमि बनाउने सोच त होइन भन्ने शङ्का उब्जिएको छ,’ उनले भने ।

यसअघि बिहीबार राति अध्यक्ष अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसँग पनि यसबारे झन्डै दुई घण्टा छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?