+

‘बियोन्ड मेडल्स’ : नेपाली खेलकुद इतिहास झल्काउने तीनदिने प्रदर्शनी हुँदै

२०८३ साउन  १७ गते १५:०२ २०८३ साउन १७ गते १५:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल ओलम्पिक संग्रहालयले साउन १९ देखि २१ गतेसम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ ।
  • बियोन्ड मेडल्स शीर्षकको उक्त प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्नुहुनेछ ।
  • प्रदर्शनीमा ऐतिहासिक खेलकुद सामग्री, दुर्लभ तस्बिर, पदक तथा ट्रफीहरू प्रदर्शन गरिनेछन् जसले नेपालको खेलकुद इतिहासलाई भावी पुस्तामा पुर्‍याउने लक्ष्य लिएका छन् ।

१७ साउन, काठमाडौं । नेपाल ओलम्पिक संग्रहालयले नेपालको खेलकुद इतिहास संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित देशकै पहिलो खेलकुदसम्बन्धी प्रदर्शनी आयोजना गर्ने भएको छ ।

संस्थाको ३३औं वार्षिकोत्सवको अवसरमा ‘बियोन्ड मेडल्स : प्रिजर्भिङ नेपाल्स स्पोर्ट्स हिस्ट्री’ शीर्षकको प्रदर्शनी साउन १९ देखि २१ गते (अगस्ट ४–६, २०२६) सम्म बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सञ्चालन हुनेछ ।

नेपालको एकमात्र खेलकुद संग्रहालय तथा दक्षिण एसियाकै पहिलो र एकमात्र ओलम्पिक संग्रहालयका रूपमा स्थापित नेपाल ओलम्पिक संग्रहालयले खेल तथा खेलाडीसँग सम्बन्धित तस्वीर, ट्रफी, पदक, जर्सीलगायत ऐतिहासिक सामग्रीको अभिलेखीकरण, संरक्षण र प्रवर्द्धन गर्दै आएको छ ।

प्रदर्शनीको उद्घाटन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गर्ने कार्यक्रम रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा करिब पाँच लाख दुर्लभ तथा ऐतिहासिक खेलकुद तस्बिरमध्ये छनोट गरिएका तस्वीर प्रदर्शन गरिनेछ । साथै पदक, ट्रफी, खेल सामग्री तथा अन्य ऐतिहासिक खेलकुद स्मृतिचिन्ह पनि प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेल प्रशासक र खेलप्रेमीहरूको सहभागिता रहनेछ । विद्यार्थी, अनुसन्धानकर्ता तथा सर्वसाधारणले नेपालको खेलकुद इतिहासलाई नजिकबाट अवलोकन गर्ने अवसर पनि प्राप्त गर्नेछन् ।

नेपाल ओलम्पिक संग्रहालयले दिवंगत संस्थापक वरिष्ठ खेलकुद पत्रकार क्षितिज अरुण श्रेष्ठ र दक्षिण एसियाली खेलकुद तेक्वान्दो पदक विजेता मञ्जु तुलाधरको योगदानप्रति सम्मान व्यक्त गर्दै प्रदर्शनीमार्फत नेपालको खेलकुद इतिहास भावी पुस्तासम्म पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

बियोन्ड मेडल्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय