News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फिल्म ‘गौंथली’ले प्रदर्शनको १६ औं दिनसम्म देशभर १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस कमाइ गरेको छ।
- यो फिल्मले ४ लाख ९२ हजार ६५० वटा टिकट बिक्री गर्दै सर्वाधिक कमाउने नेपाली फिल्मको सूचीमा १२ औं स्थान हासिल गरेको छ।
- फिल्मको यही व्यावसायिक गति कायम रहे ‘गौंथली’ले ‘छक्कापञ्जा २’को १४ करोड ५१ लाख रुपैयाँको ग्रस कमाइलाई चाँडै उछिन्न सक्ने सम्भावना देखिएको छ।
काठमाडौं । यतिबेला नेपाली फिल्म बजार चलायमान बनेको छ । एकातिर नेपाली भाषाको ‘गौंथली’ले घरेलु बक्सअफिसमा उछाल कमाइ गरिरहेको छ भने अर्कोतिर मप्टिप्लेक्समा ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ को दबदबा छ ।
यति हुँदाहुँदै पनि ‘गौंथली’ को कमाइ लोभलाग्दो छ । फिल्मले प्रदर्शनको १६ औं दिनसम्म (पछिल्लो शनिबारसम्म) देशब्यापी १३ करोड ५६ लाख ३५ हजार १३ रुपैयाँ ग्रस (११ करोड ८५ लाख नेट) कमाएको छ ।
सोही अवधिसम्म यसका ४ लाख ९२ हजार ६५० वटा टिकट बिकेका छन् ।
आइतबारसम्म यो फिल्म नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने सूचीको १२ औं स्थानमा उक्लिएको छ । यहि गति कायम रहे यो फिल्मले ‘छक्कापञ्जा २’को कमाइ १४ करोड ५१ लाख रुपैयाँ ग्रसलाई चाँडै उछिन्न सक्छ ।
आइतबार सार्वजनिक बिदाको दिनमा दिउँसोसम्म फिल्मको कलेक्सन झन्डै १० लाख रुपैयाँ ग्रस छ । विशेषगरि काठमाडौं उपत्यका बाहिरका हलमा कपिल रिजाल र सुमन गिरीले निर्माण गरेको फिल्मको कमाइमा बढोत्तरी छ ।
प्रतिक्रिया 4