+
+
Shares

टिभी शो ‘कठघरा’ का रक्षक जीवनजंग अब फिल्ममा, साइन गरे ‘ल्याङ ल्याङ’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता जीवनजङ्ग बस्न्यात कथानक फिल्म ‘ल्याङ ल्याङ’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् ।
  • निर्देशक बलिराम चौहानसँग लिखित सम्झौता गर्दै बस्न्यातले मुख्य अभिनेताका रूपमा फिल्ममा अभिनय पक्का गरेका छन् ।
  • स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुने उक्त फिल्ममा रिहान गिरी र सन्तोष बानियाँ यसअघि नै अनुबन्धित भइसकेका छन् ।

काठमाडौं । कथानक फिल्म ‘ल्याङ ल्याङ’ को शीर्ष भूमिकामा जीवनजङ्ग बस्न्यात अनुबन्धित भएका छन् । निर्देशक बलिराम चौहानसँग उनको लिखित सम्झौता भएको छ ।

यसअघि उनले अर्को फिचर ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो ।

साथै, हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिकामा समेत दखिएका थिए । सुनसरीको कालाबन्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट सिनेमा, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन् ।

१२ वर्षको उमेरमै नाटक ‘कलालय इटहरी’ मार्फत उनले रंगमञ्च यात्रा सुरु गरेका थिए । त्यसयता बस्न्यातले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट सिनेमा, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन् ।

यसबाहेक फेसबुक, इन्स्टाग्राम र टिकटकमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ लोकप्रिय छन् । उनले यसअघि अनमोल केसी अभिनित फिल्म ‘फर्की फर्की’ र गायक सुजन चापागाईंको चर्चित गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड आर्टिस्ट (एक्स्ट्राज) का रूपमा काम गरेका थिए ।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुन लागेको फिल्म भोलानाथ कटुवालको लगानीमा बन्नेछ । यसअघि यो फिल्ममा रिहान गिरी र सन्तोष बानियाँ अनुबन्धित भइसकेका छन् । मुख्य अभिनेत्रीको खोजी भइरहेको निर्देशक चौहानले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?