+
+
Shares

शिक्षा विभाग ब्युँताइयो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १७:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम परिवर्तन गरी पुनः शिक्षा विभाग नै कायम गरेको छ।
  • शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलले ऐनमा शिक्षा विभाग नै उल्लेख रहेकाले ओएनम गर्दा नाम परिवर्तन गरिएको बताए।
  • २०७५ साल साउन १ गतेदेखि उक्त कार्यालयको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र राखिएको थियो।

१८ साउन, काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ ।

शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो ।

‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने ।

वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ।

१ साउन २०७५ सालदेखि तत्कालीन शिक्षा विभागको नाम परिवर्तन गरी शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?