+
+
Shares

गोरखामा पहिरोले घर बगायो, एक जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १७:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा अविरल वर्षाका कारण गएको पहिरोले स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर बगाएको छ।
  • पहिरोमा परी घरमा डेरा गरी बस्ने रौतहटका टोखान महतो घाइते भएका छन् र उनको उपचार प्रदेश अस्पताल गोरखामा भइरहेको छ।
  • शहीद लखन गाउँपालिका–७ मा पहिरोले कृष्णबहादुर आलेको घरको आँगन बगाउँदा घर र गोठ दुवै उच्च जोखिममा परेका छन्।

१८ साउन, गोरखा । अविरल वर्षाका कारण गएको पहिरोले गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा एक घर बगाएको छ । सोमबार बिहान स्थानीय मानसिङ गुरुङको तीन तले पक्की घर जगबाट करिब २० मिटर तल बगाएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा परी सोही घरमा डेरा गरी बस्ने रौतहटका टोखान महतो घाइते छन् । उनको प्रदेश अस्पताल गोरखामा उपचार भइरहेको डीएसपी राजकुमार श्रेष्ठले बताए ।

पहिरोसँगै गुरुङको घर खस्दा कृष्णदेव महतोको चार तले पक्की घरमा समेत आंशिक क्षति पुगेको उनले जानकारी दिए ।

यसैगरी शहीद लखन गाउँपालिका–७ बुंकोट काहुलेभंगारका कृष्णबहादुर आलेको घरको आँगन बगाएको छ ।

अविरल बर्षाका कारण सोमबार बिहान पहिरोले आगन बगाउँदा घर र गोठ दुवै उच्च जोखिममा रहेको वडाध्यक्ष शरण श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?