+
+
Shares

गुगल हेल्थ ५.०५ अपडेट सार्वजनिक

अब फिटबिटको डेटा एप्पल हेल्थमा पनि सिंक हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुगलले गुगल हेल्थ एपको ५.०५ भर्सन सार्वजनिक गर्दै आईओएस र एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ अपडेट उपलब्ध गराएको छ।
  • नयाँ अपडेटमार्फत आईओएस प्रयोगकर्ताले फिटबिटबाट रेकर्ड भएका स्वास्थ्य डेटालाई सजिलै एप्पल हेल्थ एपमा सिंक गर्न सक्नेछन्।
  • अमेरिकाका प्रयोगकर्ताले स्मार्ट हेल्थ लिङ्क प्रयोग गरी आफ्नो स्वास्थ्य विवरण सुरक्षित रूपमा चिकित्सक वा परिवारका सदस्यसँग शेयर गर्न पाउनेछन्।

गुगलले गुगल हेल्थ एपको नयाँ ५.०५ भर्सन सार्वजनिक गरेको छ। यो अपडेट आईओएस र एन्ड्रोइड दुवै प्रयोगकर्ताका लागि उपलब्ध हुन थालेको छ। विगतका केही हप्तामा आएका चार ठूला अपडेटपछि यो नयाँ अपडेट आएको हो।

यस अपडेटले आईओएस प्रयोगकर्ताका लागि विशेष सुविधा ल्याएको छ।

अब गुगल हेल्थको डेटा एप्पल हेल्थ एपमा शेयर गर्न सकिन्छ। जस्तै फिटबिट एयरबाट रेकर्ड भएका कसरत, पाइला (स्टेप्स), भाइटल्स र सुताइको डेटा एप्पल हेल्थमा सिंक हुन्छ।

यो फिचर प्रयोग गर्ने तरिका यस प्रकार छ:

  • आफ्नो प्रोफाइल आइकनमा ट्याप गर्ने।

  • त्यसपछि ‘पार्टनर एप्स’ छान्ने।

  • सूचीबाट ‘एप्पल हेल्थ’ छान्ने।

  • पहिलो पटक कनेक्काट गर्नका लागि स्क्रिनमा देखिने निर्देशनहरू पालना गर्ने।

  • नयाँ अनुमति थप्नका लागि ‘रिभ्यु पर्मिसन्स’ मा ट्याप गर्ने।

  • गुगल हेल्थलाई अनुमति दिएपछि डेटा शेयर हुन सुरु हुन्छ।

यस्तै अमेरिकामा रहेका प्रयोगकर्ताका लागि पनि नयाँ सुविधा थपिएको छ। उनीहरूले सुरक्षित ‘स्मार्ट हेल्थ लिङ्क्स’ को प्रयोग गरी आफ्ना स्वास्थ्य विवरण डाक्टर वा परिवारका सदस्यसँग शेयर गर्न सक्छन्। अस्पतालमा जाँच गराउन जाँदा यो लिंक देखाउन सकिन्छ।

स्मार्ट हेल्थ लिंक बनाउने तरिका यस प्रकार छ:

  • ‘हेल्थ’ ट्याबमा गएर ‘मेडिकल’ सेक्सनमा थिच्ने।

  • ‘शेरेबल रेकर्ड्स’ मा गएर ‘+’ (प्लस) बटनमा ट्याप गर्ने।

  • आफूले शेयर गर्न चाहेको डेटा चुनेर लिङ्क सेभ गर्ने।

  • सेभ भएपछि तीनवटा डट भएको आइकनमा थिचेर युआरए वा क्युआर कोड प्राप्त गर्ने।

यसैगरी फिटनेस सम्बन्धी केही समस्याहरू पनि समाधान गरिएका छन्। ‘भीओटुम्याक्स’ गणना, कसरतको म्याप र सकिएका कसरत सम्पादन गर्दा देखिने समस्याहरूलाई हटाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?