+
+
Shares

कांग्रेसको वडा अधिवेशन निर्धारित समयमा नहुने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:१४

१९ साउन, काठमाडौं । नेपाली कांग्रेसले पूर्वनिर्धारित वडा अधिवेशनको मिति पछाडि धकेल्ने भएको छ । कांग्रेस महामन्त्री प्रदीप पौडेलले २ भदौका लागि तय गरिएको वडा अधिवेशन पछि सारिने बताएका हुन् ।

उनले अनलाइनखबरसँगको अन्तर्वार्तामा अधिवेशन सुरु गर्न प्राविधिक समस्या नभए पनि वडा अधिवेशन पछि सारिने बताएका छन् । राजनीतिक कारणले सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी नभएकाहरूलाई समेट्ने अन्तिम प्रयास भइरहेकाले वडा अधिवेशन सारिन लागिएको पौडेलको भनाइ छ ।

‘अधिवेशन सुरु गर्न प्राविधिक समस्या छैन । सदस्यता अद्यावधिक गर्न पटक-पटक समय दिएर इच्छुक सबैलाई समेटिएको छ,’ अनलाइनखबरसँग उनले भनेका छन्, ‘तर, राजनीतिक कारणले प्रक्रियामा सहभागी नभएकाहरूलाई अझै समेट्न सकिन्छ कि भनेर अन्तिम प्रयास गर्न खोजेका छौं । त्यसैले भदौ २ गतेका लागि तोकिएको वडा अधिवेशन सार्छौं ।’

कांग्रेसले गत १०-११ चैतमा बसेको केन्द्रीय कार्यसमिति बैठकबाट २ भदौमा वडा अधिवेशन गर्ने निर्णय गरेको थियो । यस्तै ७ भदौमा गाउँ-नगर अधिवेशन गरिने भनिएको थियो ।

पार्टीको निर्णय अनुसार १७ भदौमा प्रदेश सभा क्षेत्रीय अधिवेशन र एकमात्र निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २४ भदौमा गर्ने कार्यतालिका थियो ।

यस्तै एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २ र ३ असोजमा, प्रदेश अधिवेशन ७ र ८ असोजमा र १६, १७, १८ र १९ असोजमा १५ औं महाधिवेशन गर्ने निर्णय बैठकले गरेको थियो । महाधिवेशन काठमाडौंमा आयोजना गरिने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?