+
+
Shares

सुनसरी घटना : घाइते अमितको ट्रमा सेन्टरको आईसीयूमा उपचार हुँदै

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा गोली लागेर घाइते भएका १८ वर्षीय अमित यादवको राष्ट्रिय ट्रमा सेन्टरमा सघन उपचार भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको देवानगञ्जमा झडपका क्रममा गोली लागेर घाइते भएका १८ वर्षीय अमित यादवको राष्ट्रिय ट्रमा सेन्टरमा सघन उपचार भइरहेको छ ।
  • यादवको छाती र पेटको चोटमा सुधार देखिए पनि गोलीले गम्भीर क्षति पुर्‍याएको बायाँ हात जोगाउन चिकित्सकले प्रयास जारी राखेका छन् ।

१९ साउन, काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई समूहबीच भएको झडपमा गोली लागेर घाइते भएका १८ वर्षीय अमित यादवको राष्ट्रिय ट्रमा सेन्टरमा सघन उपचार भइरहेको छ ।

उपचारमा संलग्न चिकित्सकका अनुसार यादवको समग्र स्वास्थ्य अवस्था अहिले स्थिर रहे पनि गोलीले गम्भीर क्षति पुर्‍याएको बायाँ हात जोगाउने प्रयास जारी छ ।

यादवलाई हात हुँदै छाती र पेटमा गोली लागेको थियो । प्रारम्भिक उपचारपछि नोबेल शिक्षण अस्पतालबाट नेपाली सेनाको स्काई ट्रकमार्फत बिहीबार काठमाडौं ल्याइएको थियो । हाल उनलाई आईसीयूमा राखेर उपचार भइरहेको चिकित्सकले बताए ।

चिकित्सकका अनुसार एउटै गोली बायाँ हात हुँदै छाती र पेटसम्म पुगेको थियो । छाती र पेटको चोटमा अपेक्षाकृत सुधार देखिए पनि हातमा भने गम्भीर क्षति पुगेको छ । गोली लागेको हातको भागमा हालसम्म तीनपटक शल्यक्रिया गरिएको भए पनि अवस्था पूर्ण रूपमा सन्तोषजनक हुन नसकेको चिकित्सकको भनाइ छ ।

‘उहाँको स्वास्थ्य अवस्था अहिले स्थिर छ । छाती र पेटको अवस्था राम्रो छ, तर हातमा गम्भीर क्षति पुगेको छ । हात जोगाउन प्रयास गरिरहेका छौं,’ उपचारमा संलग्न एक चिकित्सकले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?