News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता अभिषेक खड्का र अभिनेत्री खुशी कार्कीले आगामी चलचित्र ‘पच्चिस पच्चिस’मा मुख्य भूमिकामा अभिनय गर्ने भएका छन् ।
- कर्ण इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस चलचित्रलाई सुव्रत आचार्यले निर्देशन गर्ने निर्णय गरिएको छ ।
- निर्देशक आचार्यले यो चलचित्र पूर्ण रूपमा नेपाली माटो सुहाउँदो हुने कुरा पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
काठमाडौं । कथानक फिल्म ‘पच्चिस पच्चिस’मा अभिषेक खड्का र खुशी कार्कीले जोडी बाँध्ने भएका छन् । कर्ण इन्टरटेनमेन्टको ब्यानरमा बन्ने फिल्मबारे आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
खड्का अभिनित ‘कुमारी’ र कार्की अभिनित ‘राम नाम सत्य’ हालै प्रदर्शनमा आएका थिए । यो फिल्ममा अभिनेता प्रमोद अग्रहरि र दार्जिलिङका कमेडियन भक्ते भाइ उर्फ अमित सुब्बाले पनि अभिनय गर्दैछन् ।
फिल्मलाई यसअघि अधक्टटी, सुश्री सम्पत्ति निर्देशन गरिसकेका सुव्रत आचार्यले निर्देशन गर्दैछन् । यसअघि ‘होस्टेल ३’ मा लगानी गरेका कर्ण कार्कीले यो फिल्ममा पनि लगानी गर्दैछन् ।
सह–निर्मातामा अजय न्यौपाने र धीरेन्द्रलाल कर्ण छन् भने कार्यकारी निर्माताको जिम्मेवारी दीपेन्द्र गौतम ‘माइकल’ले सम्हालेका छन् । पटकथा लेखन सुशील देवकोटाले गरेका हुन् ।
हरि हुमागाईंले यस चलचित्रको छायांकन निर्देशन गर्दैछन् । निर्देशक आचार्यले यो फिल्म नेपाली माटो सुहाउँदो हुने बताए ।
प्रतिक्रिया 4