+
+
Shares

सांसद विकको प्रश्न– जाजरकोटका भूकम्प पीडितले कहिलेसम्म टहरामै बस्नुपर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीडितको पुनर्स्थापना कार्यलाई तीव्रता दिन र पर्याप्त जनशक्ति परिचालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
  • उनले ग्यास अभावका कारण नागरिकले भोगिरहेको सास्ती अन्त्य गर्न र आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेकी छिन् ।
  • साइबर बुलिङका घटना बढ्दै गएको भन्दै उनले सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारले तत्काल नियमन गर्नुपर्ने आवश्यकतामा जोड दिएकी छिन् ।

१९ साउन, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की सांसद पार्वती विकले जाजरकोटका भूकम्प पीडितको पुनर्स्थापनाको कार्यलाई तिव्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले सरकारले परिचालन गरेको जनशक्ति भूकम्पपछिको पुनर्निमाण कार्यका लागि पर्याप्त नरहेको भन्दै जनशक्ति थप्न समेत माग गरिन् ।

उनले जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र बसिराख्ने हुन् ? भन्दै प्रश्न गरिन् ।

‘जाजरकोटका भूकम्पपीडितले अझै कति समय टहराभित्र बसिराख्ने हुन् ? म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । पठाइएको जनशक्ति समेत पर्याप्त छैन । थप जनशक्ति पठाइयोस्,’ उनले भनिन् ।

उनले देशका विभिन्न स्थानमा ग्यास अभावका कारण नागरिकले सास्ती भोगिरहेको उल्लेख गर्दै आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन र समस्या समयमै समाधान गर्न सरकारसँग आग्रह गरिन् ।

‘अर्कोतिर आज ग्याँस सकिएर नागरिक धेरै नै दु:खमा छन् । उहाँहरुको समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा सरकारले समयमै ध्यान देओस्,’ उनले भनिन् ।

सांसद विकले साइबर बुलिङका घटना बढ्दै गएको भन्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्न प्रभावकारी नियमन गर्न समेत सरकारको ध्यानाकर्षण गरिन् । सामाजिक सञ्जाल नियमन गर्न नसके साइबर बुलिङका कारण आत्महत्याजस्ता गम्भीर सामाजिक समस्या थप बढ्न सक्ने भन्दै सरकारले यस विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्नेमा जोड दिइन् ।

‘अर्को, अहिले जसरी मानिसहरु साइबर बुलिङको शिकार भइराखेका छन्, यसलाई सरकारले कसरी नियन्त्रण गर्ने हो ? यदि सामाजिक सञ्जाललाई नियमन गर्न सकिएन भने धेरै मान्छेले आत्महत्या गर्ने वातावरण बढिराखेको छ । सरकारले सामाजिक सञ्जाल नियमन गर्ने कुरामा ध्यान देओस्,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?