+
+
Shares

पुराना दलले जनताको मनोभावना नबुझ्दा नतिजा उल्टो आयो : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलले जनताका मनोभावना नबुझ्दा पछिल्लो चुनावी परिणाम उल्टो भएको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १९ गते १९:४२

१९ साउन, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दलले जनताका मनोभावना नबुझ्दा पछिल्लो चुनावी परिणाम उल्टो भएको बताएका छन् । मंगलबार कम्युनिस्ट नेता शोभाराम बस्नेतको निधनको नवौं दिनका अवसरमा दाङमा आयोजित श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘पुराना दलले जनताको मनोभावना र मनोविज्ञानलाई नबुझ्दा चुनावको परिणाम सोचेभन्दा उल्टो आएको हो,’ उनले भने । उनले शोभाराम बस्नेतजस्ता नेताहरूबाट पाठ सिकेर आफूलाई परिमार्जन गर्दै समयसापेक्ष बनाउनुपर्नेमा उनले जोड दिए ।

मृगौलाबाट पीडित कम्युनिस्ट नेता बस्नेतको ८० वर्षको उमेरमा साउन ११ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?