+
+
Shares

सर्भरमा समस्या आउँदा सामाजिक सुरक्षा भत्ता नवीकरणमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १२:००

२० साउन, काठमाडौं । सर्भरमा आएको समस्याका कारणले सामाजिक सुरक्षा भत्ता नवीकरण गर्ने कार्यमा समस्या आएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि नवीकरण गर्नका लागि वडा कार्यालयमा आएकाहरुको नाम सुचीकृत गर्न सर्भरमा समस्या आउँदा ढिलाइ भएको छ ।

सर्भरमा आएको समस्याले गर्दा सामाजिक सुरक्षा भत्ताको नवीकरणका लागि आउने वृद्ध, अपाङलगायतले लामो समयसम्म प्रतीक्षा गर्नु परेको पर्वतस्थित पैयुँ गाउँपालिका वडानम्बर-५ का वडा अध्यक्ष निर्भीक नारायण भूर्तेलले जानकारी गराए ।

दुई वर्ष अघिदेखि नवीकरण अनलाइन मार्फत गर्नुपर्ने अनिवार्य गरिएको छ । अनलाइन नवीकरण गर्दा राष्ट्रिय परिचय पत्र बनाउँदा प्रयोग भएको बायोमेट्रिकसँग मिल्नु पर्दछ । राष्ट्रिय परिचयपत्र बनाउँदा प्रयोग भएको औठाछाप सर्भरमा नदेखाउँदा नवीकरणका लागि समस्या भएको छ ।

स्याङ्जास्थित वालिङ नगरपालिका-१४ का वडाध्यक्ष बोधराज कुवँरले सामाजिक सुरक्षा भत्ता नवीकरणमा सर्भरका कारणले समस्या आएको बताए ।

सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सेवाग्राहीलाई वडा कार्यालयमा आउन नपर्ने गरी कर्मचारी सहित विभिन्न स्थानमा पुगेपनि सर्भरका कारण ढिलो भएको कुवँरले बताए । ‘सर्भर राम्रोसँग नचलेर लाभग्राही र हामी निराशमा छौ । एक घण्टामा ४ जनाको बल्लतल्ल नवीकरण गरियो’, कुँवरले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?