२० साउन, काठमाडौं । सरकारले झण्डै तीन वर्षपछि कान्ति बाल अस्पतालको नेतृत्व परिवर्तन गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले मन्त्रिस्तरीय निर्णयमार्फत अस्पतालका निर्देशक डा. पंकज रायलाई जिम्मेवारीबाट हटाउँदै डा. रामहरि चापागाईँलाई नयाँ निर्देशकको जिम्मेवारी दिएकी हुन् ।
डा. राय १३ भदौ २०८० मा तत्कालीन स्वास्थ्य मन्त्री मोहन बस्नेतको निर्णयबाट अस्पतालको निर्देशक नियुक्त भएका थिए । त्यसयता निरन्तर नेतृत्व सम्हाल्दै आएका उनी कान्ति बाल अस्पतालमा लामो समय नेतृत्व गर्ने निर्देशकमध्ये एक हुन् ।
नवनियुक्त निर्देशक डा. चापागाईँ एघारौँ तहका चिकित्सक हुन् । मन्त्रालयको निर्णयसँगै उनले अस्पतालको नेतृत्व सम्हाल्ने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4