News Summary
Generated by OK AI. Editorially reviewed.- बैतडीको सिगास गाउँपालिका–३ स्थित सामुदायिक वनको ओडारबाट प्रहरीले एक थान एकनाले भरुवा बन्दुक बरामद गरेको छ ।
- गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गाजरीबाट खटिएको टोलीले मङ्गलबार साँझ बन्दुक फेला पारेको हो ।
- प्रहरी निरीक्षक सुरज सिंहले घटनाको थप अनुसन्धान भइरहेको र बरामद बन्दुकलाई इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको जानकारी दिनुभयो ।
२० साउन, बैतडी । बैतडीको सिगास गाउँपालिका–३ चमडेखर्कस्थित सामुदायिक वनभित्र रहेको ओडारबाट बेवारिसे अवस्थामा एक थान एकनाले भरुवा बन्दुक बरामद गरिएको छ ।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पाटन र प्रहरी चौकी गाजरीबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ साढे ५ बजेको समयमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक बरामद गरेको बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।
प्रहरी टोलीले सामुदायिक वनभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त भरुवा बन्दुक फेला पारी बरामद गरेको जनाएको छ ।
बरामद गरिएको बन्दुक थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनमा सुरक्षित राखिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4