+
+
Shares

लगानी बोर्ड सीईओमा याङ्की उक्याव नियुक्त

लगानी बोर्ड सीईओ नियुक्तिका लागि सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि याङ्की, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीमध्ये याङ्कीलाई सरकारले सीईओ नियुक्त गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १३:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले याङ्की उक्यालाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ ।
  • बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा सो निर्णय गरेको हो ।
  • सरकारका प्रवक्ता सस्मित पोखरेलले उक्यालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको कुरा सार्वजनिक गरे ।

२० साउन, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्ड सीईओमा याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयको प्रस्तावमा याङ्कीलाई लगानी बोर्ड सीईओ नियुक्त गरिएको हो ।

दुई दर्जन बढीले लगानी बोर्ड सीईओमा आवेदन दिएका थिए । लगानी बोर्ड सीईओ नियुक्तिका लागि सिफारिस समितिले तीमध्ये ८ जनाको नाम संक्षिप्त सूचीमा राखेको थियो ।

त्यसपछि समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि याङ्की, मनोज पौडेल र जितेन्द्र धितालको नाम सिफारिस गरेको थियो । तीमध्ये याङ्कीलाई सरकारले सीईओ नियुक्त गरेको हो ।

को हुन् याङ्की ?

याङ्कीले संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) को प्रशान्त क्षेत्र कार्यालयकी वरिष्ठ नीति सल्लाहकार भएर काम गरिसकेकी छिन् । त्यस्तै यूएनडीपी नेपालको विकास अर्थशास्त्री समेत रहेकी उनी विकास अर्थशास्त्र र सार्वजनिक नीति विज्ञका रूपमा परिचित छिन् ।

उनले बेलायतको अक्स्फोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी छिन् । उनले सार्वजनिक नीति, दिगो विकास, संघीय वित्तीय प्रणाली, विकास अर्थशास्त्र, सार्वजनिक लगानी तथा पूर्वाधार विकास लगायत क्षेत्रमा विशेषज्ञता हासिल गरेकी छिन् । उनले यसअघि लगानी बोर्डमै रहेर काम गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?