+
+
Shares

निष्क्रिय कर्जामा आएको सुधारले नबिल बैंककाे नाफा ३३.५ प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३३.५० प्रतिशतले वृद्धि गरी सात अर्ब ९० करोड रुपैयाँ पुर्‍याएको छ ।
  • बैंकको कुल कर्जा लगानी १२.५२ प्रतिशतले बढेर चार खर्ब ८७ अर्ब पुगेको छ भने निक्षेप सङ्कलन छ खर्ब रुपैयाँ पुगेको छ ।
  • बैंकको सञ्चालन मुनाफा गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड रुपैयाँ कायम भएको छ ।

२० साउन, काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार सम्पूर्ण वित्तीय सूचकमा उल्लेख्य सुधार देखिएको छ ।

बैंकको कुल कर्जामा १२.५२ प्रतिशतले वृद्धि भई ४ खर्ब ८७ अर्ब पुगेको छ भने निक्षेप ६ खर्ब पुगेको छ । योसँगै बैंकको कुल कर्जा हिस्सा वाणिज्य बैंकहरूको कुल बजार हिस्साको झन्डै ९ प्रतिशत पुगेको छ । कुल कर्जा वृद्धिसँगै आर्थिक वर्ष २०८२/८३ मा बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा ४.२ प्रतिशतले वृद्धि भई १७ अर्ब नाघेको छ ।

बैंकको कुल सञ्चालन आम्दानी गत बर्षको तुलनामा ६.३ प्रतिशतले वृद्धि भइ २२ अर्ब नाघेको छ । बैंकको ब्याज तथा गैह्र ब्याज आम्दानीमा भएको सुधारसँगै यो वृद्धि देखिएको हो।

बंैकको निष्किृय कर्जामा उल्लेख्य सुधार देखिएसँगै गत वर्षको तुलनामा कर्जा नोक्सानी व्यवस्थामा कमी देखिएको छ । बैकको कुल निष्क्रिय कर्जा अनुपात गत वर्षको तुलनामा ०.२८ प्रतिशतले सुधार भई ४.२० प्रतिशत पुगेको छ ।

बंैकको खुद निष्क्रिय कर्जा अनुपात ०.५८ पुगेको छ भने कर्जा नोक्सानी ब्यवस्था कुल निष्क्रिय कर्जाको झण्डै ११९ प्रतिशत रहेको छ । यसले बैंकले निष्क्रिय कर्जामा पर्याप्त कर्जा नोक्सानी व्यवस्था गरी कर्जा गुणस्तरमा सुधार गरेको देखिएको छ ।

बैंकको समग्र वित्तीय सूचकमा आएको सुधारसँगै बैंकको संञ्चालन मुनाफामा गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई ११ अर्ब ५६ करोड पुगेको छ । गत वर्षको तुलनामा बैकको खुद नाफामा ३३.५० प्रतिशतले वृद्धि भइ ७ अर्ब ९० करोड पुगेको छ । बैकको प्रतिसेयर आम्दानी २८.३६ रुपैयाँ रहेको छ ।

बैंकको वितरण योग्य नाफामा समेत उच्च सुधार भई यस वर्ष ५ अर्ब १६ अर्ब पुगेको छ जुन गत वर्षको तुलनामा ३४ प्रतिशतले वृद्धि भएको हो ।

बैंकको प्रतिसेयर वितरण योग्य नाफा १९.१० रुपैयाँ रहेको छ । यो गत वर्ष बैंकले जारी गरेको अग्राधिकारमा सेयरको लाभांश विनियोजन पश्चातको वितरण योग्य मुनाफा हो ।

बैंकको समग्र वासलात आकार ७३४ अर्ब माथि पुगेको छ । जुन गत वर्षको तुलनामा १५ प्रतिशतको वृद्धि हो । बैंकको समग्र वित्तीय सूचकसँगै पूँजी पर्याप्तता अनुपात, पूँजी तथा कुल सम्पतिको प्रतिफलमा समेतमा उल्लेख्य सुधार देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?