+
+
Shares

लिपमोटर ‘बीओथ्री एक्स’ नेपाल आइपुग्यो, चाँडै सार्वजनिक गरिने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २० गते १५:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सांघ्रिला मोटर्सले अत्याधुनिक लिपमोटर सी१० इलेक्ट्रिक एसयूभी नेपाल भित्र्याएको छ र छिट्टै विशेष कार्यक्रमबीच सार्वजनिक गर्दैछ ।
  • यो विद्युतीय एसयूभीमा १४५ किलोवाटको मोटर र ५६ किलोवाट–आवरको ब्याट्री जडान गरिएको छ जसले एकपटकको चार्जमा ५५५ किलोमिटर रेन्ज दिन्छ ।
  • स्टेलान्टिस समूहको सहयोग प्राप्त लिपमोटरले सुरक्षाका लागि एडीएएस लेभल–२ प्रविधि जडान गरेको र सार्वजनिक भएलगत्तै बुकिङ खुला गर्ने जनाएको छ ।

२० साउन, काठमाडौं । अत्याधुनिक तथा प्रिमियम इलेक्ट्रिक एसयूभी लिपमोटर बीओथ्री एक्स आधिकारिक रूपमा नेपाल आइपुगेको छ। नेपालका लागि लिपमोटरको एकमात्र आधिकारिक वितरक सांघ्रिला मोटर्स प्रालिले बहुप्रतीक्षित यो विद्युतीय एसयूभीलाई छिट्टै विशेष कार्यक्रमबीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ।

‘इन्टेलिजेन्ट अर्बन मोबिलिटी’को आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक कार्यक्रममा सहभागीहरूले पहिलो पटक प्रत्यक्ष अवलोकन गर्ने अवसर पाउनेछन्। सार्वजनिक कार्यक्रम सम्पन्न भएसँगै गाडीको बुकिङ पनि खुला गरिने कम्पनीले जनाएको छ।

नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखेर तयार पारिएको लिपमोटर भीओथ्री एक्सले दैनिक प्रयोग र अत्याधुनिक प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

यसमा १४५ किलोवाट क्षमताको मोटर र ५६ किलोवाट–आवर क्षमताको ब्याट्री जडान गरिएको छ। यसले एकपटकको पूर्ण चार्जमा ५५५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसमा ५१० लिटर क्षमताको फराकिलो बुट स्पेस, प्रिमियम इन्टेरियर तथा आरामदायी क्याबिन उपलब्ध छ। सुरक्षाका लागि एडीएएस लेभल–२ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित तथा स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ ।

विश्वव्यापी रूपमा मासेराटी, जिप र प्युजो लगायत १४ अग्रणी अटोमोबाइल ब्रान्डहरूको समूह स्टेलान्टिसको सहयोग प्राप्त लिपमोटरले अन्तर्राष्ट्रिय स्तरको विश्वसनीयता हासिल गरेको कम्पनीले जनाएको छ।

चीनको नम्बर–१ स्टार्ट–अप न्यू इनर्जी भेहिकल ब्रान्डका रूपमा परिचित लिपमोटरले हालसम्म विश्वभर १६ लाखभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको जनाएको छ । जसमध्ये जुलाई महिनामा मात्रै एक लाखभन्दा बढी युनिट बिक्री भएको कम्पनीको तथ्यांक छ।

हाल लिपमोटर ४० भन्दा बढी देशमा विस्तार भइसकेको छ। कम्पनीले १,७०० भन्दा बढी बिक्री तथा सेवा केन्द्रमार्फत ग्राहकलाई सहज, भरपर्दो र विश्वस्त स्वामित्व अनुभव प्रदान गर्दै आएको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?