News Summary
Generated by OK AI. Editorially reviewed.- कैलालीको गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेट पड्किँदा दुई जना सैनिक घाइते भएका छन् ।
- घाइते हुनेमा सहायक सेनानी बिक्रम कार्की र रन्जित थारु रहेका छन् भने उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
- घाइते दुवै जनालाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।
२१ साउन, धनगढी । कैलालीमा सैन्य तालिम अभ्यासका क्रममा ग्रिनेट पड्किँदा दुई जना सैनिक घाइते भएका छन् । गोदावरी नगरपालिका–४ को गोदावरीस्थित वनदेवी फाइरिङ रेन्जमा नेपाली सेनाको देवीदल गण ब्यारेक तेघरीमा सञ्चालन भएको सैन्य तालिमका क्रममा ग्रिनेट पड्किँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सहायक सेनानी ३० वर्षीय बिक्रम कार्की र २० वर्षीय रन्जित थारु रहेका छन् । उनीहरुको अवस्था मध्यम रहेको बताइएको छ । दुवै जनालाई उपचारका लागि धनगढीस्थित बोराडाँडी ल्याइएको थियो । उनीहरुलाई थप उपचारका लागि नेपाली सेनाको स्काई ट्रकबाट काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश बिष्टले जानकारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4