+
+
Shares

ज्योति विकास बैंकले नेपालपे कार्डलाई सक्रिय गर्ने, एनसीएचएलसँग सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १३:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्योति विकास बैंक र एनसीएचएलबीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सेवा सक्रिय पार्ने सम्झौता भएको छ।
  • सम्झौता पश्चात बैंकले आफ्ना ग्राहकका लागि नेपालपे कार्ड जारी गर्नुका साथै अन्तर्राष्ट्रिय कार्ड कारोबार समेत प्रोसेस गर्न सक्नेछ।
  • हालसम्म ३६ भन्दा बढी बैंक तथा वित्तीय संस्था नेपालपेमा आवद्ध भइसकेका छन् भने आठ वटाले कार्ड जारी गर्न शुरू गरेका छन्।

२१ साउन, काठमाडौं । ज्योति विकास बैंक र एनसीएचएलबीच ईएफटी कार्ड स्वीचमार्फत नेपालपे कार्डको भुक्तानी सक्रिय गर्न सम्झौता भएको छ ।

एक औपचारिक कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरी आदानप्रदान गरे ।

एनसीएचएलको ईएफटी स्वीच नेसनल कार्ड स्वीचसँग इन्टिग्रेट भइसकेकाले उक्त सम्झौता पश्चात् बैंकले आफ्नो ग्राहकका लागि नेपालपे कार्ड जारी गर्न सक्नेछ । साथै डिस्कभर नेटर्वक अन्तर्गतका अन्तर्राष्ट्रिय कार्डहरु र ‘रुपय’कार्ड समेत अक्वायर गरी नेपालपे कार्डका कारोबार प्रोसेस गर्न सकिनेछ ।

एनसीएचएलले हालै नेपालपेको व्यवसायिक रोलआउट सुरु गरे पश्चात् अन्तर्राष्ट्रिय नेटवर्क डिस्कभरसँगको सहकार्यमा नेपालपे कार्ड विश्वव्यापी रुपमा प्रयोग गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकले जारी गर्ने नेपालपे कार्डहरू नेपाल तथा विदेशमा रहेका एटीएम र पीओएस टर्मिनलमा समेत प्रयोग गर्न सकिने भएको छ ।

एनसीएचएलको ईएफटी सर्भिसेस मार्पmत हाल ११ वटा सदस्य बैंक तथा वित्तीय संस्थाले विभिन्न अन्तर्राष्ट्रिय कार्ड स्किम प्रोसेस गर्दै आइरहेका छन् । हालै ईएफटी र नेसनल पेमेन्ट स्वीच बीचको इन्टिग्रेसनसँगै अब नेपालपे कार्ड पनि प्रोसेस गर्न सकिने भएको छ ।

ईएफटीका अन्य सदस्य बैंक तथा वित्तीय संस्थाले पनि नेपालपे कार्ड अक्वायर तथा इस्यू गर्ने तयारी गरिरहेका छन् । हालसम्म नेपालपेमा ३६ बढी बैंक तथा वित्तीय संस्था आवद्ध भई रोलआउटको विभिन्न चरणमा छन् । ८ वटा बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्ड इस्यू गर्न सुरु गरिसकेका छन् भने ११ बैंक तथा वित्तीय संस्थाले नेपालपे कार्डको अक्वायरिङ सुरु गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?