+
+
Shares

गृहमन्त्रीको दाबी– सरकारले जवाफभन्दा पहिला काम गर्छ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २१ गते १५:१९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री सुधन गुरुङले संसद्मा प्रश्नको जवाफ दिनुभन्दा अगाडि नै सरकारले काम गरिसक्ने दाबी गर्नुभएको छ ।
  • राष्ट्रिय सभा बैठकमा मनसुनजन्य विपद् व्यवस्थापनको तयारीबारे उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्रीले जवाफमा ढिलाइ भएको स्वीकार गर्नुभएको छ ।
  • सांसद कमला पन्तसहितका सदस्यहरूले राखेको ध्यानाकर्षण प्रस्तावमा गृहमन्त्रीले सरकार मार्गदर्शन बमोजिम सदैव क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

२१ साउन, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रश्न उठेपछि जवाफ दिनुभन्दा पनि पहिला सरकारले काम गरिसक्ने दाबी गरेका छन् । बिहीबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् ।

राष्ट्रिय सभा सदस्य कमला पन्त प्रस्तावक रहेर मदनकुमारी शाह गरिमा, सोमनाथ पोर्तेल, पुजा चौधरी र पदमबहादुर परियार समर्थनमा मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको तयारीबारे ध्यानाकर्षण प्रस्ताव राखेका थिए ।

सो प्रस्तावमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन् । संसद्बाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सधैं क्रियाशील रहेको उनले बताए ।

कांग्रेस संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य पनि गरेकी थिइन् र

मनसुनजन्य विपद्मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनेकी थिइन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । यति ढिलो प्रस्ताव किन ल्याएको ? भनेर भनिदिनुहोला भन्ने डर लाग्यो ।’

उक्त विषयमा जवाफ दिन ढिला भएको गृहमन्त्री गुरुङले स्वीकार गरे ।

उनले भनेका छन्, ‘… यस विषयमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । सम्मानीत सदनबाट प्राप्त हुने मार्गदर्शन बमोजिम सरकार सदैव क्रियाशील रहने व्यहोरा निवेदन गर्न चाहन्छु । यसमा अलिकति ढिला भएको छ । हजुरहरूलाई जवाफ दिन ढिला भएको भन्ने कम्प्लेन पनि देखेँ । जवाफ ढिला भयो होला, तर जवाफ भन्दा पनि अगाडि चाहिँ हाम्रो काम हुन्छ । काम धेरै अघि बढेको छ । त्यसबारे म विस्तृत रुपमा अपडेट गर्ने पनि छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?