+
+
Shares

नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गर्ने युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते ८:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रुपैयाँ ठगी गरेको आरोपमा कञ्चनपुरका ३५ वर्षीय हरिश चन्द पक्राउ परेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कैलाश विष्टले चन्दलाई हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।
  • पक्राउ परेका चन्द बेलौरी नगरपालिका–८ कलकत्ताका बासिन्दा हुन् ।

२२ साउन, धनगढी । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कञ्चनपुरको बेलौरी नगरपालिका–८ कलकत्ता बस्ने ३५ वर्षीय हरिश चन्द रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले जानकारी दिए ।

उनकाअनुसार नेपाली सेनामा जागिर लगाइदिने भन्दै दुई लाख ४० हजार रकम असुली ठगी गरेको आरोप चन्दमाथि छ ।

चन्दलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?