News Summary
Generated by OK AI. Editorially reviewed.- कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाइ गर्दै सर्वाधिक कमाउने सातौं नेपाली फिल्म बनेको छ।
- फिल्मले छक्कापञ्जा १, २ र ५, कोहिनुर र महाजात्रा जस्ता ठूला फिल्मलाई पछाडि पार्दै उच्च कमाइको रेकर्ड कायम गरेको छ।
- निर्माता सुमन गिरी भान्जाले फिल्मको सफलताले चलचित्र उद्योगलाई नै चलायमान बनाउन सहयोग पुगेको प्रतिक्रिया दिनुभएको छ।
काठमाडौँ । ‘गौंथली’ अहिलेसम्म सबैभन्दा धेरै कमाउने सातौं नेपाली फिल्म बनेको छ । फिल्मले शुक्रबार मध्यान्हसम्म देशब्यापी १६ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ ।
कपिल रिजाल निर्देशित फिल्मले छक्कापञ्जा १, २ र ५, कोहिनुर, महाजात्रा, आबाट आमालाई उछिनेको छ । अब यो फिल्मभन्दा धेरै कमाउने सूचीमा जारी, छक्कापञ्जा ४, परान, १२ गाउँ, कबड्डी ४ र पूर्णबहादुरको सारंगी मात्र छन् ।
यही गति कायम रहे फिल्मले ‘जारी’को कमाइलाई आगामी सातासम्म उछिन्ने प्रक्षेपण गर्न सकिन्छ । ठूला फिल्म पनि नभएको र बलियो वर्ड अफ माउथ प्राप्त भएकाले ‘गौंथली’को कमाइको गति तत्काल रोकिने छाँटकाँट छैन ।
निर्माता सुमन गिरी भान्जाले कमाइको रफ्तारले आफूहरू मात्र होइन, उद्योगलाई नै चलायमान बनाउन सकेकाले खुसी मिलेको प्रतिक्रिया दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4