+
+
Shares

‘मिस वर्ल्ड’ मा सहभागी हुन लुना लुइँटेल भोलि भियतनाम उड्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २२ गते १२:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मिस नेपाल वर्ल्ड २०२५ लुना लुइँटेल ७३ औँ मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन शनिबार भियतनाम प्रस्थान गर्ने भएकी छन्।
  • फिनाले ५ सेप्टेम्बरमा भियतनामको न्हा ट्राङ सिटीमा आयोजना गरिने द हिडन ट्रेजरले जानकारी दिएको छ।
  • लुइँटेलले पर्वतको फलेवासमा सीमान्तकृत महिलाका लागि आत्मनिर्भर परियोजना र टेलिमेडिसिन सेवा सहितको सामाजिक कार्य अघि बढाएकी छन्।

काठमाडौं । ‘मिस नेपाल वर्ल्ड २०२५’ लुना लुइँटेल ७३ औँ मिस वर्ल्ड प्रतियोगितामा सहभागी हुन शनिबार भियतनाम प्रस्थान गर्ने भएकी छन् । फिनाले ५ सेप्टेम्बरमा त्यहाँको न्हा ट्राङ सिटीमा हुनेछ ।

मिस वर्ल्डको फिनालेका लागि लुनाले विभिन्न क्षेत्रका प्रशिक्षक र विशेषज्ञसँग प्रशिक्षण लिएको द हिडन ट्रेजरले जनाएको छ । तयारीका क्रममा उनले भारतको मुम्बईमा विशेष प्रशिक्षण कार्यक्रम पनि पूरा गरेकी छन् ।

मिस वर्ल्डको मुख्य पक्ष मानिने ब्यूटी विथ पर्पस परियोजनाका लागि लुइटेलले गण्डकी प्रदेशको पर्वत जिल्लास्थित फलेवासलाई छनोट गरेकी छन् ।

उनको परियोजनाअन्तर्गत स्थानीय सीमान्तकृत महिलाका लागि दिगो आम्दानी सिर्जना गर्ने उद्देश्यले कारखाना भवन निर्माण गरी दुईवटा दुना-टपरी उत्पादन मेसिन जडान गरिएको छ ।

शिक्षा क्षेत्रमा विद्यालयका लागि फर्निचर र स्मार्ट बोर्डसहित पुस्तकालय भवन निर्माण गरिएको छ भने सरसफाइ र स्वच्छताका लागि विद्यालयको शौचालय पनि मर्मत गरिएको छ ।

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न एनसेल फाउन्डेसनको सहकार्यमा गाउँस्थित धुलिखेल अस्पतालको स्थानीय शाखामा टेलिमेडिसिन उपकरण जडान गरिएको छ । यस सेवामार्फत स्थानीय तथा आसपासका बासिन्दाले काठमाडौंमा रहेका विशेषज्ञ चिकित्सकबाट तत्काल स्वास्थ्य परामर्श लिन सक्ने व्यवस्था गरिएको द हिडन ट्रेजरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?