+

धनन्जय लक्षणले पुनः पोखरा एभेन्जर्सबाट खेल्ने

२०८३ साउन  २२ गते १६:३९ २०८३ साउन २२ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • श्रीलंकाका अलराउण्डर धनञ्जय लक्षण आगामी नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
  • पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले उनलाई टोलीमा स्वागत गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताएका छन्।
  • पोखराले यसअघि बंगलादेशका शाकिब अल हसनलाई विदेशी खेलाडी र श्रीलंकाका अजन्ता मेन्डिसलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरिसकेको छ।

२२ साउन, काठमाडौं । श्रीलंकाका अलराउण्डर धनञ्जय लक्षण आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा पनि पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् ।

पोखराले शुक्रबार लक्षणलाई पुनः टोलीमा अनुबन्ध गरेको घोषणा गरेको हो । उनले गत संस्करणमा पनि पोखराको प्रतिनिधित्व गर्दै ब्याट र बल दुवैबाट प्रभावशाली प्रदर्शन गरेका थिए ।

२७ वर्षीय बायाँहाते ब्याट्सम्यान तथा दायाँहाते मिडियम फास्ट बलर लक्षणले श्रीलंकाका लागि तीन एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिसकेका छन् । उनले टी–२० क्रिकेटमा ७० खेल खेल्दै ४८ विकेट लिएका छन् । घरेलु तथा विभिन्न फ्रेन्चाइज प्रतियोगितामा पनि उनी नियमित रूपमा खेल्दै आएका छन् ।

पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहनीले लक्षणलाई पुनः टोलीमा स्वागत गर्न पाउँदा उत्साहित रहेको बताए । ‘धनञ्जय लक्षणलाई पुनः पोखरा एभेन्जर्स परिवारमा स्वागत गर्न पाउँदा हामी उत्साहित छौं । सिजन ३ मा पनि अझ सन्तुलित र प्रतिस्पर्धी बन्ने विश्वास लिएका छौं,’ लोहनीले भने ।

एनपीएल तेस्रो संस्करणका लागि पोखराले यसअघि मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना, दिनेश खरेललाई रिटेन गरेको थियो । अक्सनमार्फत विवेक राना मगर, सुदीप आर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई टोलीमा भित्र्याइसकेको छ ।

पोखराले यसअघि बंगलादेशका अनुभवी अलराउण्डर शाकिब अल हसनलाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ भने श्रीलंकाका पूर्व अन्तर्राष्ट्रिय खेलाडी अजन्ता मेन्डिस टोलीको मुख्य प्रशिक्षक रहेका छन् ।

धनन्जय लक्षण धनन्जय लक्षन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय