News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय खेलकुद परिषद्को १२५औं बोर्ड बैठक आठ महिनापछि आगामी बिहीबार बस्ने निर्णय भएको छ।
- बैठकमा दशौं राष्ट्रिय खेलकुदको मिति तोक्ने र २०औं एसियाली खेलकुदका लागि खेलाडी तथा प्रशिक्षक अनुमोदन गर्ने मुख्य एजेण्डा तय गरिएका छन्।
- परिषदको चालु आर्थिक वर्षको बजेट व्यवस्थापन, प्राविधिक कर्मचारी करारमा लिने र खेल संघहरूको नवीकरणसम्बन्धी विषयमा समेत बैठकमा छलफल हुनेछ।
२४ साउन, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को १२५औं बोर्ड बैठक आगामी बिहीबार बस्दैछ । शिक्षा तथा खेलकुद मन्त्रीसमेत रहेका राखेप अध्यक्ष सस्मित पोखरेलले २८ साउन बिहीबारका लागि बोर्ड बैठक आह्वान गरेका हुन् ।
राखेप बोर्ड बैठक ८ महिनापछि बस्न लागेको हो । गत पुस ९ गतेपछि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।
बुधबारका लागि बोलाइएको बैठकमा दशौं राष्ट्रिय खेलकुदको मिति तोक्नेदेखि २०औं एसियाली खेलकुदको खेलाडी, प्रशिक्षक, व्यवस्थापक अनुमोदन गर्नेसम्मको एजेन्डा राखिएको छ ।
यी हुन् १२५ औं बैठकको प्रस्तावित एजेण्डाहरु
१. २० औं एशियाली खेलकुद सम्बन्धमा
क) समावेश हुने खेल र सहभागी खेलाडी, प्रशिक्षक, व्यवस्थापक र अफिसियलहरुको अनुमोदन,
ख) २० औं एशियाली खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन निर्देशिका-२०८३,
ग) २० औं एशियाली खेलकुद तयारी तथा सहभागिता सम्बन्धी बजेट तथा नर्म्स,
२. दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्बन्धमा ।
क) दशौं राष्ट्रिय खेलकुदमा समावेश हुने खेल,
ख) आयोजना मिति,
ग) दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन सम्बन्धी निर्देशिका, २०८३,
घ) दशौं राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी बजेट तथा नर्म्स,
३. राष्ट्रिय खेलकुद परिषद्को चालु आ.ब. २०८३/८४ को विनियोजित बजेट सम्बन्धमा ।
४. राष्ट्रिय खेलकुद परिषद्को आन्तरिक तर्फको अनुमानित आय व्यय सम्बन्धमा ।
५. राष्ट्रिय खेलकुद परिषद्लाई अत्यावश्यक प्राविधिक कर्मचारीहरु करार सेवामा लिने सम्बन्धमा ।
क) पूर्वाधार निर्माण तर्फ सिभिल इन्जिनियर उपसचिव सरह १ जना र सिभिल/आर्किटेकट /इलेक्ट्रीकल/स्ट्रकचरल ४ जना
ख) आई.टी सूचना प्रविधि) तर्फ आई टि. विज्ञ २ जना अधिकृत तृतीय ।
६. राष्ट्रिय खेलकुद परिषद्लाई आवश्यक कानूनी सल्लाहकारको सेवा करारमा लिने सम्बन्धमा ।
७. खेलकुद ग्रासरुट कार्यक्रम सञ्चालन सम्बन्धमा ।
८. खेल संघहरुलाई खेल कार्यक्रमको लागि अनुदान सहयोग सम्बन्धमा,
९. विविध :
क) माननीय शिक्षा तथा खेलकुद मन्त्री एवम् राष्ट्रिय खेलकुद परिषद्का अध्यक्षज्यूबाट मिति २०८३/०२/०७ मा परिषद्का सदस्य सचिवज्यूलाई प्रत्यायोजित अधिकारको अनुमोदन सम्बन्धमा ।
ख) खेलाडी कल्याणकारी कोष प्रयोग सम्बन्धी मापदण्ड-२०८३ ।
ग) कार्यकारी समितिबाट खरिद शाखा स्थापना गरिएकोलाई अनुमोदन सम्बन्धमा ।
घ) अखिल नेपाल फुटबल संघको सम्बन्धमा ।
ङ) खेल संघहरुको नविकरण सम्बन्धमा ।
प्रतिक्रिया 4