+

ललितपुरमा ‘ब्लुबर्ड सुपर लिग’ सुरु

२०८३ साउन  २४ गते १४:४५ २०८३ साउन २४ गते १४:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरमा विद्यार्थीको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यसहित ‘ब्लुबर्ड सुपर लिग’ प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ ।
  • पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले उद्घाटन गर्नुभएको उक्त प्रतियोगितामा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश गरिएका छन् ।
  • विद्यालय तहका विद्यार्थीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्दै भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने आयोजकको मुख्य लक्ष्य रहेको छ ।

२४ साउन, काठमाडौं । विद्यार्थीमा लुकेर रहेको खेल प्रतिभा पहिचान गर्दै उनीहरूलाई क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने उद्देश्यले ललितपुरमा ‘ब्लुबर्ड सुपर लिग’ सुरु भएको छ ।

ग्वार्कोस्थित एभिएस विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा पूर्वसञ्चारमन्त्री जगदीश पोखरेलले दीप प्रज्वलन गरी प्रतियोगिताको औपचारिक उद्घाटन गरे ।

विद्यालय तहदेखि नै खेलकुदको विकास र प्रतिभा पहिचानलाई प्राथमिकता दिइएको सुपर लिगमा क्रिकेट, फुटबल, भलिबल र बास्केटबल गरी चार खेल समावेश छन् । प्रतियोगितामा ललितपुर जिल्लाभरिका विद्यालयका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीमा रहेको खेल प्रतिभा पहिचान गर्नुका साथै उनीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने प्रतिस्पर्धात्मक मञ्च उपलब्ध गराउनु हो ।

खेलकुदले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, टोली भावना तथा नेतृत्व क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा आयोजकले जोड दिएको छ ।

एभिएस विद्यालयका प्रिन्सिपल दीपकराज जोशीले प्रतियोगितामा सहभागी हुन इच्छुक विद्यार्थीले तोकिएको समयसीमाभित्र आवेदन दिनुपर्ने बताए । उनले विद्यार्थीलाई प्रतिस्पर्धात्मक वातावरणमा अघि बढाउन ‘ब्लुबर्ड सुपर लिग’ महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

प्रतियोगितालाई व्यवस्थित बनाउन सम्बन्धित खेलका कप्तानलाई नै खेलाडी छनोटको जिम्मेवारी दिइएको छ । छनोट भएका खेलाडीको जर्सीमा राखिने नाम तथा आवश्यक विवरणसमेत सम्बन्धित कप्तानले आयोजक समितिलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

आयोजक समितिका संयोजक जितेन्द्र श्रेष्ठका अनुसार प्रतियोगिताको प्राविधिक तयारी आगामी एक साताभित्र पूरा गरिनेछ । खेलहरू आगामी शुक्रबारदेखि सुरु हुनेछन् भने ग्रान्ड फाइनल मंसिरमा आयोजना गरिनेछ ।

ब्लुबर्ड कलेजका प्रिन्सिपल बीएस क्षेत्रीले विद्यार्थीको रुचि, क्षमता र समयको मागलाई ध्यानमा राख्दै कलेजले विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइसँगै खेलकुद र सिर्जनात्मक गतिविधिलाई पनि प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो ।

उद्घाटन समारोहका प्रमुख अतिथि पूर्वसञ्चारमन्त्री पोखरेलले युवा नै देशको वास्तविक शक्ति भएको बताए । युवाको सफलता र पहिचानसँगै देशको नामसमेत विश्वस्तरमा उचाइमा पुग्ने उल्लेख गर्दै उनले खेलकुदले अनुशासन, क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

आयोजकले ‘ब्लुबर्ड सुपर लिग’लाई केवल खेल प्रतियोगिताका रूपमा नभई ललितपुर क्षेत्रबाट उदीयमान र प्रतिभाशाली खेलाडी पहिचान गर्ने अभियानका रूपमा अघि बढाएको जनाएको छ ।

विद्यालय तहदेखि नै खेल प्रतिभालाई अवसर र प्रोत्साहन दिन सके भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा योगदान पुग्ने आयोजकको विश्वास छ।

ब्लुबर्ड सुपर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय