News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका शेखर थापाले मंगोलियामा आयोजित ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपको ब्ल्याक वेल्ट तेस्रो डान प्याटर्नमा कांस्य पदक जितेका छन् ।
- नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष प्रवीणकुमार कार्की र महासचिव घमबहादुर थापाले प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेका छन् ।
- यसअघि दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा पदक जितिसकेका शेखरले यस पटकको प्रतियोगितामा स्पाइरिङतर्फ पनि प्रतिस्पर्धा गरेका थिए ।
२५ साउन, काठमाडौं । नेपालका शेखर थापाले ११ औं एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा कांस्य जितेका छन् ।
मंगोलियाको उलानबटारमा भएको प्रतियोगितामा शेखरले ब्ल्याक वेल्ट तेस्रो डान प्याटर्नमा कांस्य जितेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव घमबहादुर थापाले जनाएका छन् ।
शेखरसंगै मंगोलियाका दोर्जपालाम अयुर्जानान पनि तेश्रो भए । मलेसियाका चिन लुङ काङले स्वर्ण तथा फिलिपिन्सका अमाइज क्रिस्टर लुले दोस्रो भए ।
शेखरले स्पाइरिङतर्फ पुरुष ६५–७० केजी तौलसमूहमा पनि प्रतिस्पर्धा गरेका थिए । यो स्पर्धामा शेखरले पदक जितेनन् ।
शेखर दक्षिण एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता हुन् । उनले पहिलो संस्करणको प्याटर्न र दोश्रो संस्करणको स्पाइरिङमा रजत जितेका थिए । उनले तेस्रो इन्डो–नेपाल आईटीएफ तेक्वान्दोको स्पाइरिङमा स्वर्ण हात पारेका थिए । तेश्रो जनरल चोइ स्मृति राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगिताको प्याटर्नमा शेखरले पहिलो स्थान हात पारेका थिए ।
महासचिव थापासहित उक्त प्रतियोगितामा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष प्रवीणकुमार कार्कीले अम्पायरको भूमिका निर्वाह गरेका थिए । दोस्रोपटक एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गरेका अध्यक्ष कार्कीले आईएमजीसी विश्व च्याम्पियनसिप र दक्षिण एसियाली आईटीएफ तेक्वान्दामा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै महासचिव थापा पनि दोश्रोपटक एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगतामा अम्पायरका रुपमा सहभागी भएका हुन् । थापाले सन् २०१९ र २०२५ मा आईटीएफ विश्व च्याम्पियनसिप तथा आईटीएफ वल्र्ड कपमा पनि अम्पायरको भूमिका निर्वाह गरेका थिए । थापा दक्षिण एसियाली आईटीएफ तेक्वान्दामा पनि अम्पायरको जिम्मेवारीमा थिए ।
प्रतिक्रिया 4